अमेरिकामा कोभिड-१९ सँग जुध्न ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज

वासिङ्टन। अमेरिकी संसद (कंग्रेस)ले कोभिड-१९ विरुद्ध जुध्‍न चार खर्ब ८४ अर्ब डलरको राहत प्याकेज अनुमोदन गरेको छ।

त्यससम्बन्धी विधेयकमा तीन सय ८८ जनाले पक्ष र पाँचजनाले विपक्षमा मतदान गरेका थिए।

राष्‍ट्रपति डोनाल्ड ट्रम्पले संसदबाट पारित भएको उक्त विधेयकलाई छिट्टै प्रमाणीकरण गर्ने बताएका छन्।

बीबीसीका अनुसार अमेरिकामा कोभिड-१९ का बिरामी आठ लाख ४५ हजारभन्दा बढी भइसकेका छन्। मृतकको संख्या ४६ हजार आठ सय पुगेको छ।

गत महिना अमेरिकी सरकारले इतिहासकै सबैभन्दा ठूलो आर्थिक प्याकेज घोषणा गरेको थियो। जसको परिमाण २० खर्ब डलर छ

प्रतिक्रिया दिनुहोस्