रकम अभावले जनता आवास कार्यक्रमको घर निर्माण अलपत्र
डडेल्धुरा। रकम निकासा नहुँदा डडेल्धुरामा जनता आवास कार्यक्रमको घरहरुको निर्माण कार्य रोकिएको छ।
डडेल्धुरामा आर्थिक वर्ष २०७५/०७६ मा सम्झौता भएर लाभग्राहीले घर बनाइरहेपनि सम्झौताअनुसार रकम नपाउँदा निर्माण भइरहेका घर अलपत्र परेका हुन्।
सम्झौताअनुसार प्रतिघरका लागि लाभग्राहीलाई तीन लाख ३२ हजार रूपैयाँ तीन किस्तामा दिनुपर्ने हो। तर, निर्माण कार्य अन्तिम चरणमा पुग्दासमेत पहिलो किस्ताबापतको ८२ हजार रूपैंया मात्रै पाएको केहि पीडितहरुको गुनासो छ।
कामको प्रगतिको आधारमा रकम दिने भनिए पनि पैसा नपाउँदा ऋण तिर्न नसकिएको अमरगढी नगरपालिका– ६ का राम ताम्राकारले बताए।
आर्थिक वर्ष २०७५/०७६ मा डडेल्धुरामा १९० घर निर्माणको सम्झौता भएको थियो। अहिलेसम्म ७ जनाले मात्र पूरा रकम पाएका छन्। १०० जनालाई पहिलो किस्ताबापतको रकम दिइएको छ। त्यस्तै ३० जनाले दोस्रो किस्ताबापतको रकम पाएका छन्।
शहरी विकास फिल्ड कार्यालयका अनुसार रकम अभावमा ७ जनालाई पहिलो किस्ता रकम नै दिइएको छैन। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्