अध्यादेश फिर्ताको निर्णयपछि कांग्रेसले भन्यो- 'अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्ध केन्द्रित गरौं'

काठमाडौं। नेपाली कांग्रेसले सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्ध लगाउन सरकारसँग आग्रह गरेको छ।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै नागरिकको जीवन जोगाउने पहिलो प्राथमिकता भएको बताएका छन्।

शर्माले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएका छन्।

अध्यादेशमार्फत् संवैधानिक व्यवस्थामै प्रहार गरिएको भन्दै कांग्रेस लगायत विपक्षी दलले यो अध्यादेशको चर्को विरोध गरेका थिए।

राजनीतिक दल फुटाउन सजिलो हुने गरी ल्याइएको अध्यादेशले पनि सत्तारूढ नेकपाभित्र विवाद निम्त्याएको थियो।

प्रतिक्रिया दिनुहोस्