काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार नाघेको छ।
पछिल्लो २४ घन्टाको विवरण अनुसार भारतमा एक हजार ६४८ जना कोरोना भाइरस संक्रमित नयाँ विरामी थपिएका छन्।
संक्रमितहरूको कुल संख्या २३ हजार ७७ पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु भएकाको संख्या ३७ जना रहेको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१४ पुगेको छ ।
भारतमा देखिएका संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भइसेका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल त्यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन्।
भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ। महाराष्ट्र राज्यमा मात्र संक्रमितको संख्या ६ हजार ४३० जना पुगेको छ। जहाँ २८३ जनाको मृत्यु भइसकेको छ भने ८४० जना उपचारपछि निको भएका छन्।
महाराष्ट्रपछि दिल्ली र गुजरातमा कोरोना संक्रमितहरूको संख्या उच्च छ। दिल्लीमा दुई हजार ३७६ जना र गुजरातमा दुई हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। रासस
" /> काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार नाघेको छ।

">