मर्केल आफैँले कहिल्यै पनि विज्ञानको बाटो छोडेर किन राजनीतिमा लागिन् भन्ने बताएकी छैनन्। सम्भवतः उनले यो प्रश्नको जवाफ कहिल्यै दिनेछैनन्। तथापी उनका गतिविधिमा वैज्ञानिक अभ्यासको छाप प्रष्ट पाइन्छ।
उनको निर्णय प्रक्रिया र राजनीतिक जीवनमा वैज्ञानिक चिन्तन प्रष्ट अनुभूत गर्न सकिन्छ। कुनै पनि निर्णय लिनुअघि सूचना जम्मा गर्ने र विज्ञहरुसँग गम्भिर छलफल गर्ने उनको स्वभाव हो। पक्कै पनि उनी आफ्ना क्षमताप्रति सचेत छिन् र त १५ वर्षदेखि जर्मनीको नेतृत्व गरिरहेकी छन्।
उनले एकातर्फ जर्मनीको वैज्ञनिक उपलब्धी र महान् चिन्तकहरुको इतिहास (कान्ट, आइन्स्टाइन, माक्र्स लगायत अरु)को विरासत पाएकी छन् भने हिटलरजस्ता क्यारिस्म्याटिक नेताहरुको इतिहासले सन्तुलन कायम गर्नुपर्ने शिक्षा लिएकी छन्।
यो महामारी शुरु हुनुभन्दा पहिला मर्केलको राजनीतिक भूमिका धुमिल हुँदै गएको थियो। उनले २००८ को वित्तीय संकटको बेला युरोपलाई ध्वस्त हुनबाट जोगाइन् र आप्रवासन संकटमा फसेको महादेशलाई नेतृत्व प्रदान गरिन्।
तर, पछिल्लो समय जर्मनीमै उदाएको पपुलिज्म, दक्षिणपन्थ र बामपन्थ एवं संसारमा उदाएका स्वेच्छाचारी नेताहरुबाट उनी पाखा लगाइएकी थिइन्।
अरु देशमा भन्दा यहाँ धेरैको परिक्षण गरिएको छ । धेरैजसो ठाउँमा संक्रमितहरुलाई बडो ध्यान दिएर ट्रयाक गरिएको छ । र, सबैभन्दा महत्वपूर्ण त सार्वजनिक स्वास्थ्य–स्याहार प्रणाली प्रभावकारी छ जसले आवश्यक माग थेग्न सक्ने गरी आईसीयू उपलब्ध गराउन सक्छ ।
त्यसपछि कोभिड-१९ को संकट शुरु भयो। २८ जनवरीमा जर्मनीमा पहिलो संक्रमण देखा परे पनि मार्चको मध्यमा मात्र दैनिक जीवनमा त्रास सिर्जना हुने गरी संक्रमण शुरु भयो। बर्लिनमा सरकारले लगाएको निषेध बढ्दो मात्रामा थियो तर यो झन् भन्दा झन् विध्वंसकारी भइरहेथ्यो।
औद्योगिक सम्मेलनजस्ता ठूला जमघटहरु स्थगित गरिँदा थोरै मानिस चिन्तित भएका थिए। तर, १० मार्चमा थिएट, ओपेरा र कन्सर्ट हलजस्ता शहरका सिर्जनशील क्षेत्रहरु पनि बन्द भएपछि मानिसहरुले जीवनकै केही महत्वपूर्ण चिजहरु गुमिरहेको महसुस गरे।
केही दिनपछि बर्लिनको चर्चित रात्रीजीवन पनि अँध्यारो हुनपुग्यो। पैदलयात्रीहरु हराए। रेष्टुरेण्टहरु बन्द भए। राजधानीको सामाजिक र सांस्कृतिक जीवन छिन्नभिन्न भयो। एकपटक विभाजित रहेको यो राजधानीका बासिन्दाले फेरी एकपटक स्वतन्त्रता कति छिटो गुम्न सक्छ भन्ने सम्झिए।
पूर्वी जर्मनीमा हुर्केकी मर्केलले स्वाधीनता र स्वतन्त्रता कति महत्वपूर्ण हुन्छ भन्ने नबुझ्ने कुरै भएन। उनले छिटै नै आफ्ना नागरिकका लागि लकडाउन कति कष्टकर छ भन्ने बुझिन्। सबै विद्यालय, अर्थतन्त्र, जीवन नै बन्द भएपछि १८ मार्चमा उनले टेलिभिजनमा दिएको मन्तव्यले उनको नेतृत्व फेरी एकपटक स्थापित भयो।
जर्मनी र युरोपेली युनियन दुवैको झण्डा रहेको टेबल पछाडिबाट क्यामेरा अगाडि बस्दै उनले भावुक मन्तव्य शुरु गरिन्। शुरुमै भनिन्, ‘आम जनजीवन र सामाजिक निकटताप्रतिको हाम्रो सामान्य धारणा पहिलोपटक परीक्षणमा परेको छ।’
उनले लोकतन्त्र र परादर्शी राजनीतिक निर्णयको महत्वमा जोड दिइन्। र, महामारीबारे आफूले सार्वजनिक गर्ने हरेक सूचना अनुसन्धानमा आधारित हुने जिकिर गरिन्। र, अन्त्यमा उनले आफ्नो देश अन्धकारपूर्ण घडीबाट गुज्रिरहेको उल्लेख गरिन्। ‘दोस्रो विश्वयुद्धपछि हाम्रो देशले यत्तिको चुनौती सामना गर्नुपरेको थिएन जहाँ हामी हरेकको ऐक्यबद्धता सबैभन्दा महत्वपूर्ण बनेको छ’, मर्केलले भनिन्।
यो सम्बोधनमा मर्केलले स्वास्थ्य सुझाव दिइनन् बरु सामाजिक एकताको अनुरोध गरिन्। व्यक्ति र नेता दुवै रुपमा आफ्नो सीमा उजागर गरिन्। भनिन्, ‘मलाई विश्वास छ सबै नागरिकले आ–आफ्नो दायित्वबोध गरे यो संकट पार लाग्नेछ।’
त्रास बढ्दो यो समयमा उनले दिएको तर्कसंगत आश्वासन र गरेको भावुक अपील सबैभन्दा महत्वपूर्ण थियो। आम मनोविज्ञान सामान्य नभएको यो अवस्थामा जर्मनहरुले भने आफ्नो चान्सलरले दिएका विस्तृत निर्देशहरुलाई आत्मसात गरिरहे।
आफूलाई थाहा नभएको स्वीकार गर्ने र प्रशस्त छलफल गर्ने उनको स्वभाव युद्धपछिको जर्मनीको संघीय राजनीतिक प्रणाली अनुकुल रहँदै आएको छ ।
संसारमा जस्तै जर्मनीमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ। तर, इटली वा अमेरिकामा जस्तो जर्मनीमा मृत्यु हुनेहरुको संख्या बढी छैन। सिंगो जर्मनीमा निधन हुने भन्दा दोब्बर त न्युयोर्कमै छन्।
(विश्व स्वास्थ्य संगठनले २१ अप्रिलमा प्रकाशन गरेको तथ्यांक अनुसार अमेरिकामा सात लाख ५१ हजार २७३ जना संक्रमित भएका छन् जसमध्ये ३५ हजार ८८४ जनाको निधन भएको छ। जर्मनीमा भने एक लाख ४३ हजार ४५७ जना संक्रमित छन् जसमध्ये चार हजार ५९८ को निधन भएको छ।)
देशहरुको तुलनात्मक तथ्यांक केही हदसम्म अविश्वसनीय हुनसक्छ र अरु ठाउँमा जस्तै जर्मनीमा पनि परिस्थिति एकाएक खराब बन्नसक्छ। तथापी विज्ञहरुले जर्मनीमा मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा कम हुने केही सम्भावित कारणहरु प्रस्तुत गरेका छन्।
अरु ठाउँमा भन्दा जर्मनीमा संक्रमितहरुको औसत उमेर कम छ जसले जोखिम कम गराउँछ। अरु देशमा भन्दा यहाँ धेरैको परीक्षण गरिएको छ। धेरैजसो ठाउँमा संक्रमितहरुलाई बडो ध्यान दिएर ट्रयाक गरिएको छ। र, सबैभन्दा महत्वपूर्ण त सार्वजनिक स्वास्थ्य–स्याहार प्रणाली प्रभावकारी छ जसले आवश्यक माग थेग्न सक्ने गरी आईसियु उपलब्ध गराउन सक्छ।
अत्यन्त सावधानी अपनाउने भएका कारण मर्केल नेतृत्वलाई कुनै पनि सम्भावित घटना अनपेक्षित हुँदैन। कोर्ने लिउस भन्छन्, ‘चान्सलरसँग विभिन्न क्षेत्रका मानिसहरुलाई एकै ठाउँमा ल्याउने खुबी छ।’ आफूलाई थाहा नभएको स्वीकार गर्ने र प्रशस्त छलफल गर्ने उनको स्वभाव युद्धपछिको जर्मनीको संघीय राजनीतिक प्रणाली अनुकुल रहँदै आएको छ।
रोबर्ट कोच इन्स्टिच्युट जस्तो जनस्वास्थ्य संस्था र पब्लिक विश्वविद्यालयहरुको देशव्यापी सञ्जाल लगायतका प्रशस्त लगानी गरिएका अनुसन्धान संस्थाका विज्ञहरुमा मात्र मर्केल भर पर्ने गर्छिन्।
बायोमेडिकल अनुसन्धान संस्था ‘बर्लिन इन्स्टिच्युट अफ् हेल्थ’ ले अरु संस्थाले जस्तै कोरोना भाइरसबारेको अनुसन्धानमा जोडबल लगाइरहेको छ।
गलत सूचनाको महामारी चलेको यो बेलामा सूचनाप्रतिको शासकको इमान्दारीले जर्मन नागरिकहरुलाई नियम पालना गर्न उत्साह दिएको छ ।
यसका अध्यक्ष एक्सल र्याडलाख प्राइजले मलाई बताए अनुसार जर्मनीका अनुसन्धान संस्थाहरुले अहिले देशभर अनुसन्धान सञ्जाल स्थापना गरिरहेछन्। मर्केलको अग्रसरतामा संघीय सरकारले देशभरका विश्वविद्यालयका मेडिकल विभागहरुलाई कोरोना भाइरसबारे अनुसन्धान गर्न एकगठ गरेको छ।
मसँग कुरा गर्ने क्रममा प्राइजले यो महामारीको क्षणमा उच्च तहका नेताहरुसँगको संवादले उपलब्ध गराएको सहजताबारे बताए। मर्केल केही विज्ञहरुको विज्ञतामा एकदमै भर परेकी छन्। उनीहरुप्रतिको आफ्नो विश्वास उनले सार्वजनिक रुपमै व्यक्त गर्ने गरेकी छन्।
उनले विश्वास गर्नेमध्ये एकजना हुन् बर्लिनको ‘च्यारिटे हस्पिटल’ का भाइरोलोजी विभागका प्रमुख क्रिश्चियन ड्रोस्टेन। प्राइज भन्छन्, चान्सलर र यी भाइरोलोजिस्ट दुवै ‘अत्यन्त विश्वासयोग्य छन्।’ मानिसहरुलाई ‘ड्रोस्टेन र एन्जेला मर्केलबाट सही तथ्य पाइन्छ’ भन्ने थाहा छ। र उनीहरु दुवैले ‘आफूलाई के थाहा छैन भन्ने पनि बताउँछन्।’ किनभने उनीहरु ‘आफूसँग उपलब्ध सूचनाप्रति इमान्दार छन्।’ प्राइज भन्छन्, त्यसैले नै उनीहरुले दिने सूचना विश्वसनीय हुन्छन्।
‘गलत सूचनाको महामारी चलेको यो बेलामा सूचनाप्रतिको शासकको इमान्दारीले जर्मन नागरिकहरुलाई नियम पालना गर्न उत्साह दिएको छ’ प्राइजले भने, ‘जसले जर्मनीमा व्यवस्थित वातावरण सिर्जना गरेको छ।’
भाइरसमाथि विजय प्राप्त गरिसकिएको छैन। र, कसैलाई पनि जर्मनी र बाँकी विश्वले अझ कस्ता दिनको सामना गर्नुपर्नेछ भन्ने थाहा छैन्।
तर, सूचना संकलन गर्न भरमग्दुर प्रयास गर्ने, थाहा नभएको प्रष्ट थाहा छैन भन्ने र सन्तुलन कायम राखिरहने एन्जेला मर्केलको अभ्यासले एकदिन उनी जर्मनीकी महान वैज्ञानिक मात्र होइन वैज्ञानिकहरुको अगुवाको रुपमा सम्झिइनेछिन्। प्रमाणमा आधारित चिन्तन गर्ने व्यक्तित्व भएकाले उनको राजनीतिक छवि सदा सम्मानित रहने छ।
(बर्लिनमा सक्रिय लेखक सासिका मिलरको यो लेख ‘द एटलान्टिक’ मा २० अप्रिलमा प्रकाशित भएको थियो । यसको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन् ।)
" />मर्केल आफैँले कहिल्यै पनि विज्ञानको बाटो छोडेर किन राजनीतिमा लागिन् भन्ने बताएकी छैनन्। सम्भवतः उनले यो प्रश्नको जवाफ कहिल्यै दिनेछैनन्। तथापी उनका गतिविधिमा वैज्ञानिक अभ्यासको छाप प्रष्ट पाइन्छ।

">