लकडाउनमा नियमित डायलासिस सेवा दिँदै भक्तपुरको प्रत्यारोपण केन्द्र

भक्तपुर। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिइरहेको छ ।

शुरूका दिनमा डायलासिसको समय घटाएको भएपनि अहिले नियमित सेवा दिइरहेको अस्पतालले जनाएको छ।

३० वटा डायलासिस मेसिनबाट केन्द्रमा अहिले दैनिक ७५ जना मिर्गौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन्।

दैनिक तीन सिफ्टमा चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन्।

लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो।

तर, अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको आवश्यका अनुसार गर्नुपर्ने डायलासिसमा कुनै कमी नगरिएको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठले बताइन्।

केन्द्रमा डायलासिसको प्रतिक्षासूचीमा भने १०८ बिरामीहरू छन्। कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आकस्मिक डायलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेको जानकरी दिएका छन्।

त्यस्ता बिरामी दैनिक पाँचदेखि सातजनासम्म आउँछन्।

मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाताहरूको नियमित फलोअप पनि निरन्तर नै रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्