कैलाली। कोरोना भाइरस संक्रमणको विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि लकडाउन गरेको छ।
सीमानाका र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरिएका छन्। तर, देशैभर लडकाउनको पूर्णपालना गरिएको भने देखिँदैन।
खासगरी भारतसँग जोडिएका सीमानाकाट लकडाउन छलेर नेपाल भित्रिने क्रम रोकिएको छैन।
हिजो ११ वैशाखमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत खुला सीमानाका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताएका थिए।
काठमाडौंमा उनले यसो भनिरहँदा यता कैलाली हिजै पाँच नागरिक लकडाउन छलेर भारतबाट नेपाल भित्रिएका छन्।
भारतको हरियाणाबाट कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाट हुँदै उनीहरू नेपाल प्रवेश गरेका हुन्। उनीहरू सबै वडा नम्बर ५ कै बासिन्दा हुन।
भारतमा रहेका नेपालीलाई समेत नेपाल प्रवेश गर्न रोक लगाएका कारण हज्जारौं नेपाली सीमामा नै अलपत्र परेको अवस्थामा भारतसँग सीमा जोडिएको कैलालीको १०१ किलोमीटर पुरै सिल गरेको दाबी गरिएको छ।
हिजो एक बच्चासहित दुई पुरुष र दुई महिला सहजै नेपाल प्रवेश गरे। उनीहरूले स्थानीय जनप्रतिनिधिलाई समेत ढाँटेको बताइएको छ।
स्थानीयले जनप्रतिनिधिलाई खबर गरेपछि उनीहरूलाई भजनी नगरपालिका–३ रहेको महुन्लाय माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
भजनी–५ का वडाध्यक्ष केशव बुढाले वारी–पारी समन्वय नहुँदा काम गर्न निकै गाह्रो भएको बताउँदै सरकारका तर्फबाट छिट्टै ठोस कदम चाल्न आग्रह गरे।
स्वास्थ शाखा भजनीका प्रमुख कृतिसिंह बिकले उनीहरूलाई क्वारेन्टाइन राखिएको जानकारी दिँदै आज गरिएको र्यापिड टेस्टमा पाँचै जनामा कोरोना नेगेटिभ देखिएको बताए।
" /> कैलाली। कोरोना भाइरस संक्रमणको विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि लकडाउन गरेको छ।सीमानाका र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरिएका छन्। तर, देशैभर लडकाउनको पूर्णपालना गरिएको भने देखिँदैन।

">