भारतबाट लुकीछिपी प्रवेश गर्ने क्रम बढेपछि प्रदेश २ का सीमानाका सिल
वीरगञ्ज। उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम बढेपछि प्रदेश २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ।

सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ। सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ।

खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो।

भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले  पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

उनीहरूलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ। अहिले त्यहाँ १२४ भारतीय नागरिक छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्