काठमाडौं। कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा आज एभरेष्ट बैंकद्वारा ६ लाख रूपैयाँ सहयोग गरेकाे छ।
यसैगरी, कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले तीन लाख र सहकर्मी समाजले एक लाख एक हजार रूपैयाँ सहयोग गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एभरेष्ट बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रान्त शर्माले बैंकको तर्फबाट ६ लाख रूपैयाँको चेक हस्तान्तरण गरे।
किर्डाकका कार्यक्रम व्यवस्थापक नवीन शाही तीन लाख र सहकर्मी समाजका अध्यक्ष रत्न गाहाले एक लाख एक हजार रूपैयाँ जम्मा गरेको भौचर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरे।
चेक तथा भौचर ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विपद्को समयमा सहयोग गर्ने सबै सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
" /> काठमाडौं। कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा आज एभरेष्ट बैंकद्वारा ६ लाख रूपैयाँ सहयोग गरेकाे छ।यसैगरी, कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले तीन लाख र सहकर्मी समाजले एक लाख एक हजार रूपैयाँ सहयोग गरिएको छ।

">