मेची अस्पतालकाे आइसोलेसन कक्षमा रहेका २१ जना डिस्चार्ज
झापा। कोभिड-१९ काे आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना डिस्चार्ज भएका छन्।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए।

सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ।

अस्पतालमा विभिन्न संघसंस्थाले पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन्।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन्। ती क्वारेन्टाइनमा हाल १८९ जना छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् ।

होम क्वारेन्टाइनमा एक हजार ४६ छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्