प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र नेकपा अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापतिबीच भेटवार्ता चलिरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन्।

बालुवाटारमा अहिले ४ बजेदेखि तीनैजना नेताहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

३ बजेदेखि भने प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल भएको थियो।

उनीहरूबीचको छलफल चल्दै गर्दा नेकपाका अर्का अध्यक्ष दाहाल पनि बालुवाटार पुगेका हुन्।

तीन नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी छ।

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता भएपछि तीन नेताबीच भेटवार्ता भएको हो।

सरकारले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश आजै फिर्ता लिएको थियो।

ती दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।