तातोपानी नाकाबाट भित्रियाे १५ करोडको स्वास्थ्य सामग्री
काठमाडौं। तातोपानी भन्सार नाका पुनः सञ्चालनमा आएपछि झण्डै १५ करोड रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ।

साे सामग्रीमध्ये आठ करोड रूपैयाँ बराबरको सरकारले ल्याएको र सात करोड रूपैयाँ बराबरको सामान निजी क्षेत्रले ल्याएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

काेराेना भाइरसकाे संक्रमण फैलँदै गएपछि ताताेपानी भन्सार नाका बन्द गरिएकाे थियाे।

२६ चैतदेखि पुनः सञ्चालनमा आएदेखि हालसम्म २१ हजार २६० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) आयात भएको छ।

यस्तै, ७२ हजार ५०० वटा केएन-९५ मास्क, १२ हजार थान डिस्पोजेबल मास्क, २६ हजार ७३२ लिटर स्यानिटाइजर आयात भएको छ।

तीन हजार ९०० सर्जिकल ग्लोब्स्, एक हजार थान प्रोटेक्टिभ गगल्स, २० हजार ८०० शू-कभर र पाँच हजार ८०० फेस सेल्ड आयात भएको छ।

यस्तै, हालसम्म ४३० वटा मेडिकल बेड, दुइटा पीसीआर मेसिन र २० हजार वटा टेस्टिङ किटसमेत आयात भएको भन्सार कार्यालयकाे भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्