काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोली खटाउने निर्णय गरेको छ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरण गर्नका लागि टीम गठन गर्न लागिएको जानकारी दिए।
“टीम स्थानीय तहमा परिचालन हुनेछन्”, उनले भने, “उनीहरूले त्यहाँ टेस्टिङ, ट्रेसिङ र संक्रमण रोकथाम तथा नियन्त्रणको अन्य काममा सहजीकरण गर्नेछन्।”
हरेक टोलीमा एकजना जनस्वास्थ्य अधिकृत, एकजना ल्याब टेक्निसियन र एकजना पारामेडिक्स वा नर्स रहनेछन्।
गाउँपालिका क्षेत्रमा एउटा, नगरपालिकमा २, उपमहानगरमा ३ र महानगरपालिकामा ५ वटा टोली परिचालन हुनेछन्।
यो समूह बनाउँदा स्थानीय तहमा उपलब्ध हुने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर शुरूमा परिचालन गर्ने र नपुग्नेहरूको हकमा माथिल्लो निकायमा माग गर्ने गरी मन्त्रालयले देशैभर पत्राचार गरिसकेको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोली खटाउने निर्णय गरेको छ।नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरण गर्नका लागि टीम गठन गर्न लागिएको जानकारी दिए।

">