हेटौँडा। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रिने यात्रुहरूलाई हेटौँडा उपमहानगरले स्यानिटाइजर प्रयोग गरेर भित्र्याउने व्यवस्था गरेको छ।
आज हेटौँडा-१५ रातोमाटेमा अटोमेटिक स्यानिटाइजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेलले शुरूआत गरे।
मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताए।
रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्य स्यानिटाइज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिए।
अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन जडान गरिने उनले बताए।
एकपटकमा चार जनालाई स्यानिटाइज गर्न सकिने भएपनि भौतिक दूरी कायम गरि स्यानिटाइज गरिने हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले बताए।
नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २०० लिटर क्षमता रहेको र दुई हजार जनालाई स्यानिटाइज गर्न सकिने जनाइएको छ।
मेसिनको मूल्य एक लाख ६० हजार रूपैयाँ रहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ।
यस्तै स्यानिटाइज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ।
" /> हेटौँडा। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रिने यात्रुहरूलाई हेटौँडा उपमहानगरले स्यानिटाइजर प्रयोग गरेर भित्र्याउने व्यवस्था गरेको छ।आज हेटौँडा-१५ रातोमाटेमा अटोमेटिक स्यानिटाइजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेलले शुरूआत गरे।

">