काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सामूहिक छलफल सकेर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसँग संयुक्त छलफल सकेर ओली र दाहालबीच अहिले छलफल भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रमुख प्रतिपक्ष दलका नेतासँग पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए।
सरकारले ल्याएका दुई अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई दिउँसो ३ बजे बालुवाटार बोलाएका थिए।
उनीसँगको छलफलकै क्रममा प्रधानमन्त्रीले दाहाललाई पनि बालुवाटार बोलाएका थिए। तीन नेताहरूबीचको छलफल सकिएपछि नेकपाका दुईजना अध्यक्षबीच छलफल भइरहेको हो।
सरकारले ८ वैशाखमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश आजै फिर्ता लिएको थियो।
ती दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सामूहिक छलफल सकेर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसँग संयुक्त छलफल सकेर ओली र दाहालबीच अहिले छलफल भइरहेको छ।

">