काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय कोरोना भाइरस संक्रमणको ‘इपीसेन्टर’ बनेको उदयपुरमा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिन आग्रह गरेको छ।

आरडीटी परीक्षण संख्यात्मक रूपले पीसीआरभन्दा बढी भएतापनि अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए/नभएको यकीन हुने हुँदा पीसीआर परीक्षणलाई तीब्रता दिन भनेको हो।

कोभिड–१९ रोकथामको लागि सामाजिक दूरी नै प्रमुख आधार भए तापनि लकडाउनको पूर्ण रूपमा पालना नभएको आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरका अनुगमन समितिको अनुगमनबाट देखिएको बताएको छ।

काठमाडौं उपत्यका र विभिन्न शहरहरूबाट मानिस भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा भीडभाडयुक्त हाटबजार यथावत हुुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलमा पनि मानिसको भीड लागि एकआपसको दूरी कायम हुन नसकेकाले संक्रमणको जोखिम थप बढ्ने आयोगको चिन्ता छ।

‘यसप्रकारको भीडभाड नगरी एकआपसमा सतर्कतापूर्वक दूरी कायम गरी लकडाउनको पालना गर्न÷गराउन आयोग सबै सरोकारवालाहरुलाई अपील गर्दछ’ आयोगका प्रवक्ता वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महामारीको स्थिति दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भ्यान्टिलेटर, आइसोलेसन वार्ड, पीपीई, आवश्यक औषधिलगायतको अभाव हुन नदिन आयोगले आग्रह गरेको छ।

लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याको उचित व्यवस्थापन गर्न, अपाङ्ग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्बासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्‍याउन आयोगले भनेको छ।

लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सीमानामा आई लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि तीनै तहका सरकारले समन्वय गर्न आयोगले आग्रह गरेको छ।

" /> काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय कोरोना भाइरस संक्रमणको ‘इपीसेन्टर’ बनेको उदयपुरमा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिन आग्रह गरेको छ।

आरडीटी परीक्षण संख्यात्मक रूपले पीसीआरभन्दा बढी भएतापनि अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए/नभएको यकीन हुने हुँदा पीसीआर परीक्षणलाई तीब्रता दिन भनेको हो।

कोभिड–१९ रोकथामको लागि सामाजिक दूरी नै प्रमुख आधार भए तापनि लकडाउनको पूर्ण रूपमा पालना नभएको आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरका अनुगमन समितिको अनुगमनबाट देखिएको बताएको छ।

काठमाडौं उपत्यका र विभिन्न शहरहरूबाट मानिस भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा भीडभाडयुक्त हाटबजार यथावत हुुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलमा पनि मानिसको भीड लागि एकआपसको दूरी कायम हुन नसकेकाले संक्रमणको जोखिम थप बढ्ने आयोगको चिन्ता छ।

‘यसप्रकारको भीडभाड नगरी एकआपसमा सतर्कतापूर्वक दूरी कायम गरी लकडाउनको पालना गर्न÷गराउन आयोग सबै सरोकारवालाहरुलाई अपील गर्दछ’ आयोगका प्रवक्ता वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महामारीको स्थिति दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भ्यान्टिलेटर, आइसोलेसन वार्ड, पीपीई, आवश्यक औषधिलगायतको अभाव हुन नदिन आयोगले आग्रह गरेको छ।

लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याको उचित व्यवस्थापन गर्न, अपाङ्ग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्बासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्‍याउन आयोगले भनेको छ।

लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सीमानामा आई लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि तीनै तहका सरकारले समन्वय गर्न आयोगले आग्रह गरेको छ।

"> उदयपुरमा पीसीआर परीक्षण र ट्रेसिङलाई तीब्रता दिन आयोगको आग्रह: Dekhapadhi
उदयपुरमा पीसीआर परीक्षण र ट्रेसिङलाई तीब्रता दिन आयोगको आग्रह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्