काठमाडौं। यो लकडाउनको समय हो। लकडाउनको यो समयमा पनि सडकमा केही सवारीसाधन चलेका छन्। खाद्यान्न, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ, औषधिलगायतका वस्तु ओसारपसार गर्ने यी सवारीसाधनका चालकले भने जोखिमका साथ काम गरिरहेछन्।
संक्रमणको जोखिम उनीहरूलाई पनि अरूलाई जत्तिकै छ। तर, उनीहरूलाई न जोखिमबाट जोगिनका लागि कुनै सामग्री दिइएको छ, न त उनीहरूले अतिरिक्त लाभ नै पाएका छन्। जोखिमका बाबजुद पनि उनीहरूमध्ये कतिले जीविकोपार्जनका लागि बाध्यता र कतिले सेवाका लागि सवारी चलाइरहेछन्।
बाध्यता र जिम्मेवारीका बीच पिल्सिएर सवारीसाधन चलाइरहेका चालकहरू आफूहरूको सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन माग गर्छन्। सवारी धनी वा कम्पनीले सुरक्षाका कवचहरू पीपीई, सर्जिकल मास्क, ग्लोब्स् आदि सामग्री उपलब्ध गराउन उनीहरूको अनुरोध छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने केही चालकहरूको अनुभव यस्तो छ:
मानकुमार सन्ज्याल, पेट्रोल ट्यांकर चालक
घरबाट निस्कने बेला आमाले जहिल्यै रोक्नुहुन्छ। तर, म कम्पनीको कर्मचारी भएकाले गाडी चलाउनै पर्छ। नत्र घर खर्च कसरी चलाउने ? पेट्रोल पम्पहरूमा समयमै पेट्रोल नपुग्दा एम्बुलेन्सहरू पनि रोकिन सक्छन्। कसैको ज्यान पनि जान सक्छ। त्यसैले जिम्मेवारी पनि ठान्छु। जे काम गर्यो त्यसैमा खुशी मिल्दोरहेछ। १३ वर्षको उमेरदेखि गाडी लाइनमा आएँ तर, यो पेशालाई सम्मान चाहिँ छैन। सबैले ड्राइभर भन्नासाथ बुद्धि नभएको फटाहा मात्र सम्झन्छन्। जुनसुकै अवस्थामा चाहिने चालक नै हो तर, सरकारले पनि हामीलाई यस्तो जोखिममा सवारीसाधन चलाउँदा कहिल्यै सम्बोधन गर्दैन।
सरकारी गाडी कुदाउनेले सेवा, सुविधा र सुरक्षाका सामग्री पाएको सुनिन्छ तर हाम्रो ग्यारेन्टी कसले लिने ? एम्बुलेन्स चालकलाई पूर्ण सुरक्षाका सामग्री दिइएको छ तर, हामीलाई सामान्य सामग्री पनि उपलब्ध छैन।
प्रविनकुमार बाेहोरा, औषधि ढुवानी चालक
वीरगंजबाट काठमाडौँसम्मको झण्डै ३०० किलोमिटरको बाटो चाउचाउ र बिस्कुट खाँदै आएँ। मेडिकल सामग्री बोकेर हिँड्दा पनि सुरक्षाकर्मीको जाँच र अभद्र व्यवहार बाटोभरि खपियो। राज्यको लागि यो पनि हाम्रो योगदान हो। तर, चालकहरूको सुरक्षा र उनीहरूको अधिकारमा बोल्ने कोही छैन। नाकाबन्दीलाई सफल पार्ने चालक, भूकम्पमा राहत लिएर जाने चालक, आज यस्तो महामारीमा पनि ढुवानी गर्ने चालक। संकटमा चालकलाई विष्णु भगवानको अवतार भने पनि अघिपछि हाम्रो सुरक्षा कसले हेर्छ ? सवारी चालकलाई मास्क, ग्लोब्स्, स्यानिटाइजर वा अन्य सुरक्षाको सामग्री सरकारले उपलब्ध गराउनुपर्ने हो। तर, चेकपोष्टमा ड्राइभर भन्नासाथ यसले ढाँट्यो भन्दै उल्टै कागजातको नाममा दुःख दिइन्छ।
रमेश मगर, खाद्यान्न सामग्री ढुवानी चालक
झापादेखि काठमाडौंसम्मको यात्रा एक दिनको हो तर, यसपटक तीन दिन लाग्यो। प्रहरीहरूको अत्यधिक जाँच र बाटोमै पकाएर खानुपर्ने बाध्यताले समय लाग्यो। हामी आफैं सुरक्षित छैनौं। त्यसैले गाडीमा मान्छे चढाएका छैनौं। तर, लकडाउनले सडक सुनसान र अनकन्टार लाग्छन्। कतै चोरी, डकैती हुने हो कि भन्ने डर भइरहन्छ। घरबाट लकडाउन खुलेपछि मात्र गाडी चलाउन भन्छन् तर परिवार पाल्नैपर्छ। भोलि फेरि यही क्षेत्रमा काम गर्नुछ। यस्तो जोखिम मोलेर काम गरिरहँदा गाडी मालिकहरूले हाम्रो स्वास्थ्य अवस्था जाँच गर्न व्यवस्थापन मिलाइदिन अनुरोध गर्छु। त्यसपछि मात्र घर छिर्दा हामीलाई पनि डर हुन्न।
सुजन परियार, कृषि सामग्री ढुवानी चालक
जीवनमा पहिलो पटक हेटाैंडाबाट काठमाडौंसम्म यात्रा गर्दा चाउचाउ, बिस्कुट मात्र खानु पर्यो। सबै सडक सुनसान र होटलहरू सबै बन्द छन्। कतै संक्रमित भइने हो कि भन्ने डर लाग्छ। कति ठाउँमा कृषिजन्य सामग्री भनेपछि चेकिङमा समस्या परेन। धेरै ठाउँमा चाहिँ प्रहरीहरूले नबुझेको हो कि के हो पास हुँदासमेत रोकिदिन्छन्। खाद्य सामग्री बोकेर हिँडिरहेका छौं, जिम्मेवारी बहन गरेको पनि महसुस हुन्छ। आफ्नो सुरक्षा आफैं गर्ने भनेर मास्क, स्यानिटाइजर छोडेको छैनौँ।
कुमार लामा, पेट्रोल ट्यांकर चालक
जताजता आयल निगमले खटाउँछ, त्यतै पेट्रोल लगिरहेको छौं। काम गर्न मन त लाग्छ तर, जताततै कोरोना फैलिएको छ। आयल निगमले स्यानिटाइजरबाहेक कुनै सुरक्षा वा सुविधा दिएको छैन। दुर्गम जिल्लाहरूमा इन्धन ढुवानी गर्दा भोकभोकै पनि हिँडियो। दुर्गम क्षेत्रमा त चाउचाउ पनि वर्षौं पुरानो पाइने। यस्तो जोखिममा भागेर पनि कहाँ जानु र ? पेट्रोल अभाव भो भनेर फोन आएपछि जानै पर्यो। १० रूपैयाँको मास्क हैन, आयल निगम र सरोकार कम्पनीहरूले पूर्ण सुरक्षित हुने गरीको सामग्री चालकलाई दिनुपर्छ। हाम्रो पनि घरमा बूढा बुबा-आमा, छोरा-छोरी छन्। सुरक्षित महसुस भए पो ढुक्कले घर जान सक्छौं।
" /> काठमाडौं। यो लकडाउनको समय हो। लकडाउनको यो समयमा पनि सडकमा केही सवारीसाधन चलेका छन्। खाद्यान्न, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ, औषधिलगायतका वस्तु ओसारपसार गर्ने यी सवारीसाधनका चालकले भने जोखिमका साथ काम गरिरहेछन्।संक्रमणको जोखिम उनीहरूलाई पनि अरूलाई जत्तिकै छ। तर, उनीहरूलाई न जोखिमबाट जोगिनका लागि कुनै सामग्री दिइएको छ, न त उनीहरूले अतिरिक्त लाभ नै पाएका छन्। जोखिमका बाबजुद पनि उनीहरूमध्ये कतिले जीविकोपार्जनका लागि बाध्यता र कतिले सेवाका लागि सवारी चलाइरहेछन्।

">