काठमाडौं। समाजवादी पार्टीका सांसद प्रदीप यादवले पार्टीभित्र असन्तुष्टहरूको समूह बनेको स्वीकार गरेका छन्। उनले नेतृत्वले अपमान गरेपछि विद्रोहमा पुगेको पनि बताएका छन्।
साथै, पार्टीभित्र असन्तुष्ट समूह बन्नुको प्रमुख पात्र सांसद डा. सुरेन्द्र यादव रहेको पनि उनले खुलासा गरेका छन्। राज्यमन्त्रीबाट हटाइँदा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विषयमा केही नबोलेर कानूनमन्त्रीको शपथ लिन गएको  भन्दै उतिबेलै डा. सुरेन्द्रले नेताहरूसँग  गुनासो गरेका थिए।
“सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो। मेरो बेइज्जत भयो, अपमान भयो, पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो भनेर उहाँले असन्तुष्टि जाहेर गर्नुभयो”, यादवले भने, “हाम्रो जुन असन्तुष्ट समूह बन्यो त्यसको मुख्य पात्र उहाँ (डा.सुरेन्द्र) नै हुनुहुन्छ।”
उनले पार्टीभित्र आफूहरूले पाएको पीडा र दर्द सम्बोधनमा नेतृत्वले ध्यान नदिएपछि विद्रोहमा उत्रिएको बताएका हुन्। यद्यपी, अहिले नेतृत्वले गल्ती स्वीकारेको उनले बताए। पार्टीभित्रको आन्तरिक द्वन्द्व सकिएको पनि उनको दाबी छ।
“जब हामीमाथि नेतृत्व पंक्तिबाट प्रहार भयो हामी डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौँ। हाम्रो पीडा सुनायौँ कि हाम्रो यो कुरा उपेन्द्र जीलाई भनिदिनुस् भनेर तर, कसैले नसुनेपछि हामी विद्रोहमा पुगेका हौँ। कुरा यत्ति हो”, यादवले भने।
उनले पार्टी फुटाउने विषयमा पार्टीभित्र छलफल भएको पनि बताएका छन्। तर, पार्टी फुटाउनकै लागि डा. सुरेन्द्रलाई अपहरण गरिएको भन्ने कुरा ‘हावादारी’ भएको उनले बताए। उनले डा‍‍. सुरेन्द्र राजीखुशीमै काठमाडाैं आएको दाबी गरे।
“साँचो कुरा के हो भने उहाँले बोलाएपछि उहाँहरू (महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल) जानुभएको थियो, मासु भात खुवाउनुभयो। अनि मसँग साधन छैन तपाईंको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो”, यादवले भने, “आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो। लिस्ट पनि मागेकै हो टीममा। खुशी मनले आएको हो। तर, रातारात पार्टी एकता भएपछि नेताहरूको अघि ‘हिरो’ देखिन अपहरणमा परेको भन्नुभयो।”
" /> काठमाडौं। समाजवादी पार्टीका सांसद प्रदीप यादवले पार्टीभित्र असन्तुष्टहरूको समूह बनेको स्वीकार गरेका छन्। उनले नेतृत्वले अपमान गरेपछि विद्रोहमा पुगेको पनि बताएका छन्।
साथै, पार्टीभित्र असन्तुष्ट समूह बन्नुको प्रमुख पात्र सांसद डा. सुरेन्द्र यादव रहेको पनि उनले खुलासा गरेका छन्। राज्यमन्त्रीबाट हटाइँदा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विषयमा केही नबोलेर कानूनमन्त्रीको शपथ लिन गएको  भन्दै उतिबेलै डा. सुरेन्द्रले नेताहरूसँग  गुनासो गरेका थिए।
“सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो। मेरो बेइज्जत भयो, अपमान भयो, पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो भनेर उहाँले असन्तुष्टि जाहेर गर्नुभयो”, यादवले भने, “हाम्रो जुन असन्तुष्ट समूह बन्यो त्यसको मुख्य पात्र उहाँ (डा.सुरेन्द्र) नै हुनुहुन्छ।”
उनले पार्टीभित्र आफूहरूले पाएको पीडा र दर्द सम्बोधनमा नेतृत्वले ध्यान नदिएपछि विद्रोहमा उत्रिएको बताएका हुन्। यद्यपी, अहिले नेतृत्वले गल्ती स्वीकारेको उनले बताए। पार्टीभित्रको आन्तरिक द्वन्द्व सकिएको पनि उनको दाबी छ।
“जब हामीमाथि नेतृत्व पंक्तिबाट प्रहार भयो हामी डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौँ। हाम्रो पीडा सुनायौँ कि हाम्रो यो कुरा उपेन्द्र जीलाई भनिदिनुस् भनेर तर, कसैले नसुनेपछि हामी विद्रोहमा पुगेका हौँ। कुरा यत्ति हो”, यादवले भने।
उनले पार्टी फुटाउने विषयमा पार्टीभित्र छलफल भएको पनि बताएका छन्। तर, पार्टी फुटाउनकै लागि डा. सुरेन्द्रलाई अपहरण गरिएको भन्ने कुरा ‘हावादारी’ भएको उनले बताए। उनले डा‍‍. सुरेन्द्र राजीखुशीमै काठमाडाैं आएको दाबी गरे।
“साँचो कुरा के हो भने उहाँले बोलाएपछि उहाँहरू (महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल) जानुभएको थियो, मासु भात खुवाउनुभयो। अनि मसँग साधन छैन तपाईंको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो”, यादवले भने, “आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो। लिस्ट पनि मागेकै हो टीममा। खुशी मनले आएको हो। तर, रातारात पार्टी एकता भएपछि नेताहरूको अघि ‘हिरो’ देखिन अपहरणमा परेको भन्नुभयो।”
"> समाजवादीका सांसद यादव भन्छन्- ‘असन्तुष्ट समूह बन्नुको प्रमुख पात्र सुरेन्द्र जी नै हो’: Dekhapadhi
समाजवादीका सांसद यादव भन्छन्- ‘असन्तुष्ट समूह बन्नुको प्रमुख पात्र सुरेन्द्र जी नै हो’
काठमाडौं। समाजवादी पार्टीका सांसद प्रदीप यादवले पार्टीभित्र असन्तुष्टहरूको समूह बनेको स्वीकार गरेका छन्। उनले नेतृत्वले अपमान गरेपछि विद्रोहमा पुगेको पनि बताएका छन्।
साथै, पार्टीभित्र असन्तुष्ट समूह बन्नुको प्रमुख पात्र सांसद डा. सुरेन्द्र यादव रहेको पनि उनले खुलासा गरेका छन्। राज्यमन्त्रीबाट हटाइँदा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विषयमा केही नबोलेर कानूनमन्त्रीको शपथ लिन गएको  भन्दै उतिबेलै डा. सुरेन्द्रले नेताहरूसँग  गुनासो गरेका थिए।
“सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो। मेरो बेइज्जत भयो, अपमान भयो, पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो भनेर उहाँले असन्तुष्टि जाहेर गर्नुभयो”, यादवले भने, “हाम्रो जुन असन्तुष्ट समूह बन्यो त्यसको मुख्य पात्र उहाँ (डा.सुरेन्द्र) नै हुनुहुन्छ।”
उनले पार्टीभित्र आफूहरूले पाएको पीडा र दर्द सम्बोधनमा नेतृत्वले ध्यान नदिएपछि विद्रोहमा उत्रिएको बताएका हुन्। यद्यपी, अहिले नेतृत्वले गल्ती स्वीकारेको उनले बताए। पार्टीभित्रको आन्तरिक द्वन्द्व सकिएको पनि उनको दाबी छ।
“जब हामीमाथि नेतृत्व पंक्तिबाट प्रहार भयो हामी डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौँ। हाम्रो पीडा सुनायौँ कि हाम्रो यो कुरा उपेन्द्र जीलाई भनिदिनुस् भनेर तर, कसैले नसुनेपछि हामी विद्रोहमा पुगेका हौँ। कुरा यत्ति हो”, यादवले भने।
“साँचो कुरा के हो भने उहाँले बोलाएपछि उहाँहरू (महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल) जानुभएको थियो, मासु भात खुवाउनुभयो। अनि मसँग साधन छैन तपाईंको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो”, यादवले भने, “आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो। लिस्ट पनि मागेकै हो टीममा। खुशी मनले आएको हो। तर, रातारात पार्टी एकता भएपछि नेताहरूको अघि ‘हिरो’ देखिन अपहरणमा परेको भन्नुभयो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्