कैलाली। सुदूरपश्चिम प्रदेशका चारजना संक्रमित निको भएर घर फर्किएपछि कोरोना भाइरस संक्रमणको नमूना संकलन र परीक्षणले गति लिन सकेको छैन।
प्रदेशका शंकास्पद र संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरूको समेत समयमा परीक्षण हुन नसक्दा संक्रमणको संख्या यकिन हुन सकेको छैन।
प्रदेश स्वास्थ्य आपतकालीन् केन्द्र डोटीले दिएको जानकारी अनुसार पछिल्लो पाँच दिनमा धनगढी प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरी सुदूरपश्चिम प्रदेश भरिबाट १७० जनाको मात्रै पीसीआर विधिबाट परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य आपतकाली्न केन्द्रका अनुसार ७ वैशाखमा ११, ८ वैशाखमा ११, ९ वैशाखमा १००, १० वैशाखमा १४ र वैशाखमा १३ जनाको मात्रै परीक्षण भएको छ।
यस्तै केन्द्रले दिएको जानकारी अनुसार आज सुदूरपश्चिम प्रदेशका २१ जनाको मात्रै पीसीआर विधिबाट परीक्षण गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ। आज मात्रै १९ जनाको पीसीआर विधिबाट परीक्षणका लागि नमूना संकलन गरिएको छ।
परीक्षणका लागि नमूना संकलन सुस्त गतिमा हुँदा समस्या भएको धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले बताए। उनले थ्रोट स्वाबको पर्याप्त नमूना नै प्रयोगशालामा नपुगेको बताउँदै प्रयोगशाला स्थापना भएदेखि नै क्षमता अनुसार परीक्षण हुन नसकेको बताए।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भने थ्रोट स्वाब संकलनका लागि भिटिएमको अभाव रहेको बताइन्। उनले हिजो ८०० वटा भिटिएम धनगढी पुगेको बताउदै शंकास्पद बिरामीको मात्रै नमूना संकलन गरिने बताइन्।
केही दिन यता र्यापिड टेस्ट गर्ने काम समेत सुस्ताएको छ। गत सातासम्म दैनिक हजार बढीको र्यापिड टेस्ट गरिएकोमा आज ६९१ जनाको मात्रै र्यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालीन् केन्द्र डोटीले जनाएको छ।
अहिलेसम्म गरिएको १० हजार बढीको र्यापिडमा सुदूरपश्चिमका विभिन्न जिल्लाका ९ जनाको रिपोर्ट पोजेटिभ देखाएको छ। आजसम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा र बाजुरामा दुई/दुई तथा अछाममा एक गरी ९ जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखाएको हो।
९ जना मध्ये अहिलेसम्म ६ जनाको मात्रै पीसीआर परीक्षण गरिएको केन्द्रले जनाएको छ। पीसीआर परीक्षणमा भने ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै बाँकी तीन जनाको पीसीआर परीक्षण गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा चार जना संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जनाको धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशका चारजना संक्रमित निको भएर घर फर्किएपछि कोरोना भाइरस संक्रमणको नमूना संकलन र परीक्षणले गति लिन सकेको छैन।प्रदेशका शंकास्पद र संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरूको समेत समयमा परीक्षण हुन नसक्दा संक्रमणको संख्या यकिन हुन सकेको छैन।

">