काठमाडौं। कोरोना भाइरस संक्रमणको असर विश्वव्यापी रूपमा बढ्दो छ। विश्व अर्थतन्त्रमा परेको असर खेलकुदमा नपर्ने कुरै भएन। युरोपेली राष्ट्रका ठूला क्लबका खेलाडीहरूको तलब रकममा कटौती भएका खबरहरू दिनानुदिन बढ्दै जाँदा नेपालमा पनि यसको असर देखिन थालेको छ।
मनाङ मर्स्याङ्दी नेपालको ठूलो र बलियो क्लबमध्येको एक हो। नेपालका उच्च श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिगको इतिहास हेर्दा पनि त्यो प्रष्ट हुन्छ। तर, मनाङ पनि कोरोना भाइरस संक्रमणका कारण अर्थिक संकटमा गएको छ।
शहीद स्मारक ‘ए’ डिभजिन लिग फागनुमा सकिएको थियो। ‘बी’ डिभिजन लिग आधा सकिएर स्थगित भएको छ। ‘सी’ डिभजिन लिग शुरू नै भएको छैन। मोफसलको सिजन शुरू हुँदै थियो। त्यो पनि बीचमै रोकिएर सकिएको छ। एन्फाले राष्ट्रिय लिग गर्ने तयारी गरिरहेको थियो। यसै बीचमा कोरोना भाइरस संक्रमणका कारण राष्ट्रिय लिग पनि अनिश्चित भएको छ।
राष्ट्रिय लिग अनिश्चित भएपछि क्लबहरूले खेलाडीसँगको सम्झैता नविकरण नगर्ने रणनीति अपनाएका छन्। जसको मारमा खलाडीहरू परेका छन्। मनाङले पनि वैशाखसम्म खेलाडीको सम्झैता गरेपनि चैत र वैशाखको रकम नदिएको खेलाडीले गुनासो गरेका छन्।
‘‘क्लबले वैशाखसम्मका लागि सम्झैता गरेको थियो। तर, हामीलाई चैतपछिको रकम दिएको छैन,’’ नाम उल्लेख नगर्ने सर्तमा मनाङका एक महत्वपूर्ण खेलाडीले भने, ‘‘यस्तो अवस्थामा क्लबले पैसा नदिँदा हामीजस्तो खेलाडीलाई गाह्रो भएको छ। परिवार पनि हेर्नुपर्ने हुन्छ। ऋण पनि तिर्नुपर्ने थियो। तर, फुटबल नुहँदा गाह्रो भएको छ। फुटबल नभएपछि क्लबले पनि कसरी देओस्।’’
मनाङका अध्यक्ष छिमी उर्गेन गुरूङले पनि कोरोना भाइरस संक्रमणको असर क्लबमा परेको स्वीकार गरे। तथापि, उनले सबै खेलाडीसँग वैशाखसम्मको सम्झैता नभएको बताए।
‘‘केही खेलाडीको मात्र वैशाखसम्म सम्झैता थियो। राष्ट्रिय लिग हुन्छ भनेर हामीले उनीहरूलाई सम्झाैता गरेका थियौँ। तर, राष्ट्रिय लिग अनिश्चित भएपछि हामीलाई खेलाडीसँगको सहमतिमा लिगमा तेस्रो भएको तथा मोफसलका प्रतियोगिताहरूमा हासिल गरेको उपलब्धिबाट बोनस रकम दिएर विदाई गरेका हौँ,’’ मनाङका अध्यक्ष गुरुङले भने।
अध्यक्ष गुरूङले फुटबल गतिविधि पुनः शुरू भएपछि उनीहरूलाई नै प्राथमिकतामा राख्ने बताए। उनले थपे, ‘‘विश्वका ठूला क्लबहरूले पनि खेलाडीले तलब कटौती गरेका छन्। फुटबल गतिविधि नहुँदा हामीलाई पनि गाह्रो छ। खेलाडीहरू मात्र होइन, व्यवस्थापनलाई पनि गाह्रो भएको छ।’’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी गरेको ‘ए’ डिभिजन लिग २०७६ को नियमावलीअनुसार खेलाडी दर्ता अवधि २०७७ जेष्ठसम्म रहने उल्लेख छ। प्राय: क्लबहरूले चैत मसान्तसम्म मात्र खेलाडीसँग सम्झैता गरेका छन्। लिग विजेता मछिन्द्र क्लबले पनि चैत मसान्तसम्म मात्र खेलाडीसँग सम्झैता गरेको जनाइएको छ।
यससँगै कोरोना भाइरस संक्रमण चाँडो अन्त्य भएर पुनः फुटबल शुरू भएन भने खेलाडीहरू बेरोजगार हुने जोखिम बढ्दो छ। राष्ट्रिय टीममा समेत प्रतिनिधित्व गर्ने ती खेलाडीले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले पनि उचित कदम चाल्न नसकेको बताए।
‘‘एन्फाले नियमित टीममा पर्नेहरूलाई के गरेको छ थाहा भएन। तर, हामीजस्तो कल गर्ने खेलाडीलाई त्यस्तो केही व्यवस्था गरको छैन,’’ ती खेलाडीले भने, ‘‘हामीलाई भत्ता दिने हो। त्यो कहिले दिन्छ थाहा हुँदैन। फुटबल नहुँदा गाह्रो हुदो रै'छ। कहिले यो संक्रमण सकिएला र फुटबल खेल्न पाइएला जस्तो भइसक्यो।’’
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको असर विश्वव्यापी रूपमा बढ्दो छ। विश्व अर्थतन्त्रमा परेको असर खेलकुदमा नपर्ने कुरै भएन। युरोपेली राष्ट्रका ठूला क्लबका खेलाडीहरूको तलब रकममा कटौती भएका खबरहरू दिनानुदिन बढ्दै जाँदा नेपालमा पनि यसको असर देखिन थालेको छ।मनाङ मर्स्याङ्दी नेपालको ठूलो र बलियो क्लबमध्येको एक हो। नेपालका उच्च श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिगको इतिहास हेर्दा पनि त्यो प्रष्ट हुन्छ। तर, मनाङ पनि कोरोना भाइरस संक्रमणका कारण अर्थिक संकटमा गएको छ।

">