बागलुङकी अंशु सापकोटाले पनि जितिन् कोरोनालाई, निको भएर अस्पतालबाट घर फर्किइन्

काठमाडौं। कोभिड-१९ पोजिटिभ देखिएर धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी अशुं सापकोटा आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

उनको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको धौलागिरी अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि.के पोख्रेलले बताए।

सापकोटाको घर अस्पताल नजिकै रहेकाले उनलाई राति भए पनि डिस्चार्ज गरिएको पोख्रेलले बताए।

सापकोटा नेपालमा कोरोना संक्रमित भएकी पाँचौं व्यक्ति हुन्।

उनी २ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै कतार एअरको क्यूआर ६५२ नम्बरको फ्लाइटमा काठमाडौं आएकी थिइन।

१५ चैतमा उनमा कोरोना पोजिटिभ पुष्टि भएको थियो। त्यसयता उनी धौलागिरि अस्पतालमा उपचार गराइरहेकी थिइन्।

उनीसँग आएकी ६५ वर्षीय मनकुमारी पौडेल भने यसअघि नै सफल उपचार गरेर घर फर्किएकी छिन्।

सापकोटा कोभिड-१९ निको भएर घर फर्किने ११औं व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्