काठमाडौं। शिक्षा पत्रकार समूहले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेका बेला शिक्षाका समसामयिक विषयमा सरोकारवाला र सञ्चारकर्मीबीच सम्वाद गराउन ‘भर्चुअल प्रेस मिट’ शुरू गरेको छ।
यो आज शृंखलाको पहिलो अन्तरक्रिया ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’बारे गरिएको छ।
‘भर्चुअल प्रेस मिट’मा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, उपसचिव थानेश्वर ज्ञवाली, काठमाडौं, बुटवल, दाङ र नेपालगञ्जका झण्डै दुई दर्जन पत्रकार सहभागी भएका थिए।
मन्त्री बरालले कक्षा १ देखि ९ सम्मका परीक्षा लिइसकिएकाले नतिजा प्रकाशनका लागि तयारी भइरहेको बताए।
विभिन्न कारणले परीक्षा सञ्चालन गर्न र सहभागी हुन नसकेका विद्यार्थीका लागि अर्धवार्षिक परीक्षाका नतिजाका आधारमा नतिजा निकाल्नेबारे छलफल भइरहेको पनि उनले बताए।
स्थगित रहेको एसईई र कक्षा ११ र १२ का परीक्षा संचालनका लागि होमसेन्टर तोक्ने र थोरै परीक्षार्थी राख्ने वा विज्ञान, अंग्रेजी, गणित जस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा लिनेबारे संघीय सरकारसँग छलफल चलिरहेको पनि मन्त्री बरालको भनाइ थियो।
परीक्षा संचालनका विभिन्न विकल्पबारे प्रदेश र स्थानीय तहमा पनि शिक्षक, स्थानीय तह र विज्ञहरूसँग छलफल गरिरहेको मन्त्री बरालले बताए।
मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली माथिल्लो कक्षाका दिदीदाजुले भाइबैनीलाई पढाउने अभ्यासको पनि तयारी भइरहेको बताए।
त्यस्तै, सामाजिक संघ संस्थासंगको सहकार्यमा रेडियो वा अनलाइन कक्षालाई सहज बनाउन खोजिएको उनले बताए।
" /> काठमाडौं। शिक्षा पत्रकार समूहले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेका बेला शिक्षाका समसामयिक विषयमा सरोकारवाला र सञ्चारकर्मीबीच सम्वाद गराउन ‘भर्चुअल प्रेस मिट’ शुरू गरेको छ।यो आज शृंखलाको पहिलो अन्तरक्रिया ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’बारे गरिएको छ।

">