३० फागुनमा साउदीबाट काठमाडौं हुँदै ११ चैतमा भोजपुरस्थित घर पुगेका उनको ९ वैशाखमा र्‍यापिड टेष्‍ट नतिजा पोजिटिभ देखिएको थियो।

त्यसपछि धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा हिजो साँझ ती युवालाई कोभिड-१९ देखिएको हो।

अहिले उनी घोडेटार बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन्।

संक्रमित उपचाररत् घोडेटार बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र।

एमबीबीएसको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नै छैनन्। करारमा नियुक्त गरेका हेल्थ असिष्‍टेन्टले उपचार धानिरहेका छन्।

विश्‍वमा लाखौंको मृत्युको कारक बनेको कोभिड-१९ का बिरामीलाई जुनसुकै बेला पनि समस्या पर्न सक्छ। त्यो बेला चिकित्सकको विशेष निगरानीमा तत्काल आईसीयू, भेन्‍टिलेटरको आवश्यकता पर्न सक्छ।

थप औषधि चलाउनुपर्दा पनि जिल्ला अस्पताल जतिलाई पनि औषधि चलाउने अधिकार हुँदैन प्राथमिक स्वास्थ्य केन्द्रमा।

"उनी विदेशबाट आएपछि निकै घुमेडुलेको कुरा आइरहेको छ। सम्पर्कमा भएकाहरू निकै भएर जोखिम बढिरहेको बेला हिजै उपचारमा लगिहाल्नुपर्ने हो, खोई किन ढिला गरेका हुन्", हतुवागढी गाउँपालिकाका अगुवा नारायण निरौला भन्छन्।

संक्रमण पुष्टि भएलगत्तै उपचारका लागि पायक पर्ने सुविधायुक्त अस्पतालमा लैजानुपर्ने बिरामी १६ घण्टा (आज बिहान १० बजे) सम्म  कुन अस्पतालमा कसरी पठाउने भन्‍ने यकिन भएको थिएन।

प्रशासन र स्थानीय सरकार बैठक, छलफल र प्रक्रियामै अल्झिएर एक अर्काको बाटो हेरिरहेका थिए।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको अध्यक्षतामा बिहान बसेको कोरोना कमाण्ड पोष्टको बैठकले सम्बन्धित गाउँपालिकासँगको समन्वय गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पठाउने निर्णय गरेको थियो।

दुवै अस्पतालले एकले अर्कालाई पन्साएपछि सीडीओले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फोन गरेको र मुख्यमन्त्री राईले विराटनगर नै पठाउन भनेको बैठकमा सहभागी  एकजनाले जानकारी दिए।

उपचारका लागि एकले अर्कोलाई पन्साउँदै अस्पताल

बिहान जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहँदा बिरामीलाई कसरी र कहाँ पठाउने भन्नेबारे लामो छलफल भयो।

सुरक्षा निकाय, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघ र चिकित्सक सम्मिलित बैठक चलिरहँदा सीडीओ पुरीले विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका चिकित्सकलाई फोन गरे।

बैठकमा सहभागी एक सदस्यले देखापढीलाई भने, "सीडीओले बिरामीलाई पठाउन लागिएको फोनमा जानकारी गराएपछि ती डाक्टरले अस्पतालमा कोभिड-१९ संक्रमणका बिरामी धेरैजना भएकोले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान (घोपा क्याम्प) पठाउन सुझाए।"

"कोशीले बिरामी लिन नसक्ने बताएपछि सीडीओ सावले धरानका डाक्टरलाई फोन गर्नुभयो। उनले पनि कोशी अस्पतालले नै उपचार गर्ने सम्झौता भएकोले उतै पठाउन भनेपछि हामी अलमल्ल पर्‍यौं", ती सहभागीले भने।

मुख्यमन्त्रीको आश्वासनपछि उपचारको निर्णय

दुवै अस्पतालले एकले अर्कालाई पन्साएपछि सीडीओले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फोन गरेको र मुख्यमन्त्री राईले विराटनगर नै पठाउन भनेको ती सहभागीले जानकारी दिएका छन्।

मुख्यमन्त्री राईले सीडीओ पुरीसँग गरेको कुराकानी उद्धृत गर्दै उनले भने, "यतै (कोशी अस्पताल) पठाउनुहोस् उपचारमा कुनै कमी हुँदैन। सावधानी र थप परीक्षणका लागि त्यहाँ के चाहिन्छ ? सामग्रीहरूको लिष्ट लेखेर माग गर्नुहोस्। म चाँडै पठाउने व्यवस्था मिलाउँछु। "

किन लगिएन अहिलेसम्म बिरामी ?

बिरामी विराटनगर लैजान प्रशासनमा निर्णय भएलगत्तै गाउँपालिकाले पहल पनि थालेको होम्ताङ्गका वडाध्यक्ष सागर राई बताउँछन्।

तर, छिमेकी आमचोक गाउँपालिकाको एम्बुलेन्स ल्याउने भएपनि बिरामी लिएर अन्यत्रै गएको पाइएपछि त्यो एम्बुलेन्स उपलब्ध भएन।

"उनको परिवार र नजिकका सम्पर्कमा आएका १७ जना भेट्यौं", राईले भने, "उनीहरूको थ्रोट स्वाब तत्काल परीक्षण गर्नुपर्ने भएकोले एउटै गाडीमा पठाउने कुरा भयो। त्यही भएर ढीला भएको हो। स्वाब संकलन गरिसक्ने बित्तिकै पठाउँछौं।"

स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापा पनि 'कन्ट्याक्ट' मा आएका सबैको स्वाब परीक्षण गरिहाल्नुपर्ने भएकोले बिरामीसँगै पठाउन लागिएको बताउँछन्।

तर, कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि स्थानीय सरकारदेखि केन्द्रसम्मले करोडौं रकम खर्च गरिरहँदा छुट्टाछुट्टै गाडी खोजेर प्राथमिकताको आधारमा सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गर्न के ले रोकेको हो ? जिम्मेवार निकाय नै यसमा बहानाबाजी गरिरहेका छन्।

" /> ३० फागुनमा साउदीबाट काठमाडौं हुँदै ११ चैतमा भोजपुरस्थित घर पुगेका उनको ९ वैशाखमा र्‍यापिड टेष्‍ट नतिजा पोजिटिभ देखिएको थियो।

"> भोजपुरका कोरोना संक्रमितको ज्यानमाथि खेलबाड, २८ घण्टा बित्दासम्म पनि अस्पताल लगिएन: Dekhapadhi
भोजपुरका कोरोना संक्रमितको ज्यानमाथि खेलबाड, २८ घण्टा बित्दासम्म पनि अस्पताल लगिएन
काठमाडौं। भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका २६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको २८ घण्टा नाघेको छ।

तर, उपचारका लागि अस्पताल नपठाएर उनको ज्यानमाथि नै खेलबाड भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्