कोरोना संक्रमित ११ जना निको भए, उपचाररत ३८ जनाको अवस्था पनि सामान्य

काठमाडौं। नेपालमा आज कोरोना भाइरस संक्रमणका एकजना बिरामी थपिएकै दिन एकजना निको भएर घर फर्किएका छन्।

झापामा ६२ वर्षीय पुरुषमा आज कोभिड–१९ पुष्टि भयो। र, आजै बागलुङकी १९ वर्षीया अंशु सापकोटा कोरोनालाई जितेर घर फर्किइन्। उनलाई गएको १५ चैतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

नेपालमा कोरोना भाइरस भित्रिनु दुःखद् भएपनि यसको विस्तार र क्षतितर्फ भने नेपाल अहिलेसम्म सुखद् अवस्थामा छ।

जम्मा ४९ जनामा संक्रमण हुँदा अहिलेसम्म ११ जना निको भएर घर फर्किसकेका छन्। प्रतिशतका हिसाबले हेर्दा यो २२.५ प्रतिशत हो।

र, उपचाररत ३८ जनाको अवस्थामा पनि सामान्य रहेको सम्बन्धित् अस्पतालहरूले जनाएका छन्। नेपालमा ८१ र ६५ वर्षीया वृद्धाले समेत कोरोनालाई पराजित गरिसकेका छन्।

पछिल्लो २४ घण्टाको विवरण अनुसार विश्वमा संक्रमितको संख्या २६ लाख २६ हजार ३२१ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेको संख्या एक लाख ८१ हजार ९३८ छ भने सात लाख ५६ हजार ८३३ जना निको भएर घर फर्किएका छन्।

छिमेकी देश भारतमा मात्रै संक्रमितको संख्या २३ हजार ७७ पुगेको छ। भारतमा पाँच हजार १२ जनाले कोरोनासँगको लडाइँ जित्दा ७१८ जनाले ज्यान गुमाएका छन्।

अहिले विश्वका २१३ देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्