कोभिड–१९ मा अन्तर्राष्ट्रिय अनुसन्धानको माग चीनद्वारा अस्वीकार
लन्डन । चीनले कोरोना भाइरस संक्रमण र त्यसबाट भएको निधनबारे अन्तर्राष्ट्रिय अनुसन्धान गराउन अस्वीकार गरेको छ ।

लन्डनस्थित चीनका एक वरिष्ठ कूटनीतिज्ञ चेन वेनले बीबीसीलाई बताएअनुसार त्यस्तो अनुसन्धानको माग राजनीतिक निहित स्वार्थबाट प्रेरित भएकाले अस्वीकार गरिएको हो ।

महामारीविरुद्ध चीनले गरिरहेको संघर्षबाट अन्यत्र ध्यान मोड्ने प्रयासबाट पनि उक्त माग गरिएको चेनको विश्लेषण छ ।

कोभिड–१९ को उत्पत्ति २०१९ डिसेम्बर अन्तिममा वुहानको एक मासु बजारबाट भएको थियो ।

यसैबीच, युरोपियन युनियनको एक रिपोर्टमा चीनलाई महामारीबारे गलत सूचना प्रवाह गरेको आरोप लगाएको छ । युरोपियन युनियन र उसका छिमेकी मुलुकहरूप्रति षडयन्त्रको सिद्धान्त चीनले अवलम्बन गरेको आरोप रिपोर्टमा लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि निरन्तर निशाना साँध्दै आएका छन् । र, चीनले संक्रमित र मृतकको तथ्यांक लुकाएको आरोप लगाउँदै आएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्