शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएपछि मोफसलका केही प्रतियोगिता खेलेका थिए खवासले । ती प्रतियोगितापछि उनी राष्ट्रिय टिमको प्रशिक्षणमा थिए। कोभिड-१९ महामारीका कारण २३ फागुनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षण स्थगित गरेपछि खेलाडीहरू फुर्सदिला बने।
त्यही मेसोमा विकास मोरङको हरैंचास्थित घरतिर लागे । लामो समय घरबाट टाढा भएकाले उनका लागि यो परिवारसँग समय बिताउने उपयुक्त समय थियो । उनी पुगेको केही दिनमै सरकारले लकडाउन घोषणा गर्यो । त्यसैले उनी घरमै छन् । लकडाउनका कारण अरूको जस्तै उनको पनि दैनिकी फेरिएको छ । तैपनि आफूलाई फिट राख्न कुनै कसर बाँकी राखेका छैनन् खवासले ।
‘‘घरबाट बाहिर निस्केको छैन। अहिलेको परिस्थितिमा ननिस्केकै राम्रो हो। हाम्रै स्वास्थ्यलाई ध्यानमा राखेर लकडाउन गरिएको हो। आफैं सजग भए कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सकिन्छ,’’ फोन सम्पर्कमा खवासले भने, ‘‘बिहान ५ बजे नै उठ्छु। घरदेखि १०० मिटर दूरीमा फुटबल मैदान छ। त्यहीं जान्छु। रनिङ गर्छु। अरू वर्कआउटहरू गर्छु। दिउँसो परिवारसँग समय बिताइरहेको छु।’’
त्यो मैदानसँग उनको गहिरो साइनो छ । त्यहीँ खेलेर बितेको हो उनको बाल्यकाल । उनले पहिलोपटक फुटबल खेलेको मैदान त्यही त हो ।
लकडाउनमा पनि उनी भौतिक दूरी कायम राख्दै आफूलाई फिट राख्न त्यही मैदानमा पुग्छन्। मैदानमा टहलिँदा विगत दिनको स्मृति चलचित्रको रिलजस्तै घुमिरहेको बताउँछन् उनी ।
‘‘बेलुकी ग्राउण्डमा बच्चाहरू फुटबल खेलिरहेका हुन्छन्। त्यही हेर्छु। रमाइलो लाग्छ। पुराना दिनहरू ताजा हुन्छन्। म पनि यस्तै अवस्था पार गरेर आएको हुँ। यही मैदानमा दाइहरूले खेल्नुहुन्थ्यो। म बाहिर गएको बल टिपेर ल्याएर दिन्थेँ। त्यसरी यही मैदानमा खेल्दै हुर्किएको हुँ। ती दिनहरू सम्झना आइरहेको छ।’’
हरैंचाको त्यही मैदानमा खेल्दाखेल्दै विकास एन्फा एकेडेमीमा आबद्ध हुन सफल भएका हुन्। त्यसपछि त शुरु भएको हो उनको खेल जीवन । एन्फा एकेडेमीमा दशौं ब्याचका खेलाडी हुन्, विकास।
विकास सम्मिलित नेपाली टोलीले २०१७ सेप्टेम्बरमा भुटानमा सम्पन्न यु-१८ साफ च्याम्पियनसिपको उपाधि जितेपछि उनको चर्चा चुलिएको हो । चर्चासँगै उनको खेल जीवन उकालो लाग्दै गयो । अवसरका ढोका खुल्दै गए ।
भुटानमा साफ च्याम्पियनसिप खेलेर फर्किएपछि टिम नेपाल किर्गिस्तानमा हुने एएफसी यु-१९ च्याम्पियनसिपको छनोट प्रतियोगिता खेल्ने तयारीमा थियो। तयारीको क्रममा यु-१९ टिमले त्रिभुवन आर्मीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। त्यतिबेलै विकास त्रिभुवन आर्मी क्लबका सदस्यहरूको नजरमा परिसकेका थिए। त्यही खेलले विकासलाई व्यखवसायिक फुटबल प्रवेशको ढोका खोलिदियो।
‘‘क्लबका सिनियर दाइहरू मेरो खेलबाट प्रभावित हुनुभएछ। मलाई क्लबमा आवद्ध हुने हो भनेर सोध्नु भएको थियो। तर त्यो समयमा खासै राम्रोसँग कुरा हुन पाएन,’’ विकास सम्झिन्छन्, “छनोट प्रतियोगिता खेलेर फर्किएपछि त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानले कुरा गर्नुभयो। त्यसपछि म त्रिभुवन आर्मी क्लबमा आवद्ध भएँ।’’
त्यतिबेला त्रिभुवन आर्मीले मोफसलका नकआउट प्रतियोगिताहरू खेलिरहेको थियो। क्लबमा आवद्ध भए पनि विकास पहिलो रोजाइमा पर्न सकेनन्। तीन, चार खेल बेन्चमै विताए। काँकडभिट्टा गोल्डकप खेल्ने क्रममा दीपक गुरूङ घाइते भए। टिममा खेलाडी घाइते हुनु राम्रो होइन। तर विकासका लागि दीपकको चोट स्वर्णिम अवसर बन्यो। अवसरसँगै विकासलाई आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती पनि थियो।
फाइनल खेलमा त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल्नुपर्ने थियो। बलियो प्रतिद्वन्द्वी भएका कारण विकासलाई टिममा पर्ने आशा कमै थियो। तर टिम मिटिङमा प्रशिक्षक न्यौपानले विकासको नाम लिए।
‘‘महत्वपूर्ण खेल थियो त्यो। मैदान छिरेको १५ मिनेट जति त म हराएँ। भरत दाईले एउटा बल ब्याकपास दिनुभएको थियो। त्यो बलमा मैले राम्रो क्रस गरेको थिएँ। त्यसपछि बिस्तारै आफूलाई सम्हालेँ,’’ व्यावसायिक फुटबलको पहिलो म्याच सम्झिन्छन् विकास, ‘‘निर्धारित समय गोलरहित बराबरीमा सकियो। टाइब्रेकरमा हामीले मनाङलाई पराजित गर्दै उपाधि जित्यौं। उक्त खेलमा म म्यान अफ दी म्याच घोषित भएँ। डेब्यू खेलमा प्रभाव छाड्न सफल भएपछि म नियमितजस्तै खेल्दै आएको छु।’’
अहिले त्रिभुवन आर्मीको रक्षापंक्तिमा विकास महत्वपूर्ण खेलाडी बनिसकेका छन्। क्लबमा गरेको प्रदर्शनकै आधारमा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल टिममा स्थान बनाए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा नेपालले पाँच खेलमा तीन गोल मात्र खाएको थियो। नेपाली टिमले विपक्षी पोष्टमा दश गोल गरेको थियो।
नेपालले लगातार दोस्रो पटक फुटबलमा स्वर्णपदक जित्दा विकासले रक्षापंक्तिमा गरेको प्रदर्शनले सबैको ध्यान केन्द्रित गरेको थियो। विकासले सबैको वाहवाही पाएका थिए। लगत्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग शुरू भयो। त्यतिबेलासम्म विकास त्रिभुवन आर्मी क्लबको महत्वुर्ण र नियमित सदस्य बनिसकेका थिए। त्रिभुवन आर्मीलाई लिगमा दोस्रो स्थान दिलाउन विकासले रक्षापंक्तिमा गरेको प्रदर्शन उल्लेखनीय छ। विकासको नजर अब राष्ट्रिय टिममा नेपालको जर्सी लगाउनेमा छ।
‘‘राष्ट्रिय टिमबाट खेल्ने धोको छ। त्यसकै लागि मिहिनेत गरिरहेको छु। विहान बेलुका सेल्फ ट्रेनिङ गरिरहेको छु। आफूलाई सकेसम्म फिट राख्ने प्रयासमा छु,’’ विकासले भने।
तर, राष्ट्रिय टिमबाट खेल्ने उनको सपना तत्काल पुरा हुने देखिएको छैन। अहिले उनीे लक्ष्यनजिक पुगेर रोकिएका छन्। लकडाउनका कारण सिंगा खेलकूद गतिविधी ठप्प छ । ठूला प्रतियोगिता स्थगित हुने क्रम जारी छ। ओलम्पिक, युरोपियन च्याम्पियनसिप, कोपा अमेरिकासँगै टेनिस, गल्फ, फर्मुला वान, क्रिकेट तथा फुटबल विश्वकपका छनोट प्रतियोगिता पनि स्थगित भएको छ। विश्वकप छनोट प्रतियोगिताका खेलहरू स्थगित भएसँगै अष्ट्रेलिया तथा जोर्डनविरुद्ध नेपालको खेल पनि स्थगित भयो। राष्ट्रिय टिमबाट खेल्ने विकासको सपनामा ठुलै धक्का लाग्यो।
‘‘खेलाडीलाई खेल्न नपाउँदा चाहिँ एकदम पीडा महशुस हुने रैछ। यसले मेरो राष्ट्रिय टिममा खेल्ने सपनामा पनि ठूलो असर पुगेको छ। लिगको प्रदर्शनपछि राष्ट्रिय टिममा स्थान बनाउनेमा आशावादी थिएँ। त्यो आशामा धक्का लागेको छ,’’ विकासले थपे, ‘‘तर मैले हिम्मत हारेको छैन। मिहिनेत गरिरहेको छु। नयाँ प्रशिक्षकलाई प्रभावित गर्नुपर्नेछ। टिममा प्रतिस्पर्धा पनि छ। त्यसकारण यो लकडाउनमा त्यसै बस्न त भएन। सेल्फ टे«निङ नै गरिरहेको छु।’
" />शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएपछि मोफसलका केही प्रतियोगिता खेलेका थिए खवासले । ती प्रतियोगितापछि उनी राष्ट्रिय टिमको प्रशिक्षणमा थिए। कोभिड-१९ महामारीका कारण २३ फागुनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षण स्थगित गरेपछि खेलाडीहरू फुर्सदिला बने।

">