सेती अस्पतालमा खोप सेवा शुरु

कैलाली। सेती प्रादेशिक अस्पतालमा लकडाउनपछि बन्द रहेको खोप सेवा शुरु भएपछि शुक्रबार मात्रै एक सय ५२ जना बालबालिकाले खोप सेवा लिएका छन्।

अस्पतालले सूचना जारी गर्दै बालबालिकालाई लगाइने विभिन्‍न खोपहरू साताका दुई दिन सञ्‍चालन हुने जनाएपछि बालबालिका बोकेर अभिभावकहरू सेती प्रादेशिक अस्पताल पुगेका थिए।

अस्पतालबाट सोमबार र शुक्रबार बिहान ९ देखि दिउँसो १ बजेसम्म खोप सेवा लिन सकिने सिनियर अनमी भगवती बडालले बताइन्। छुटेका गर्भवती र बालबालिकालाई अब नियमित खोप दिइने उनले बताइन्।

त्यस्तै आइतबार र बुधबार बिहान ९ देखि १ बजेसम्म गर्भवती तथा परामर्श र टीडी खोप सेवासमेत सञ्‍चालन हुने सिनियर अनमी बडालले जानकारी दिइन्।

यसअघि सेवा बन्द हुँदा धेरै बालबालिका तथा गर्भवती खोप लगाउनबाट वञ्‍चित भएका थिए।

प्रतिक्रिया दिनुहोस्