बढी मूल्यमा स्वास्थ्य सामग्री बिक्री गर्ने पसललाई कारवाही
उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरीद बिल नभएको पाएपछि जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पीपीई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार तीन हजार सात सयमा खरीद गरिएको पीपीई सेटको पाँच हजार सात सय (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारवाही गरिएको हो ।
शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीदबिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन-९५ मास्क बिक्रीवितरण गरेका कसुरमा तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।  रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्