कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाललाई दियो २३ टन अत्यावश्यक औषधी
<p>काठमाडौं । कोभिड-१९ विरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन औषधी हस्तान्तरण गरेको छ ।</p>
<p>स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भारतीय राजदूत विनयमोहन क्‍वात्राले उक्त औषधी हस्तान्तरण गरेका हुन् ।</p>
<p>प्यारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरोक्‍वाइनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज अत्यावश्यक औषधी भारतले दिएको हो ।</p>
<p>कोभिड-१९ को महामारी रोकथाम र नियन्त्रणका लागि नेपालसहित सबै दक्षिण एशियाली मुलुकले एकसाथ तयारी गर्दै सफलता प्राप्त गर्न आवश्यक रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । </p>
प्रतिक्रिया दिनुहोस्