चितवनका एक संक्रमित कोरोना भाइरस मुक्त <p>भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक युवक कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। २७ वर्षका उनी दुईपटकको पीसीआर परीक्षणमा कोभिड-१९ नेगेटिभ देखिएपछि संक्रमणमुक्त भएको चिकित्सकहरूले जनाएका छन्।<br /> &nbsp;<br /> सँगै उपचाररत उनकी ६५ वर्षीया आमाको दोस्रो पीसीआर परीक्षण भने पोजिटिभ नै देखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार आज दिउँसो युवकलाई डिस्चार्ज गर्ने कार्यक्रम छ।&nbsp;</p> <p>डिस्चार्जपछि उनलाई क्&zwj;वारेन्टाइनमा बस्&zwj;न लगाइने तिवारीले जानकारी दिए । कोभिड-१९ को संक्रमणमा परेका उनीहरू राप्ती नगरपालिका-८ का बासिन्दा हुन् ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्