आन्तरिक र अन्तर्राष्ट्रिय उडान २ जेठसम्म बन्द
काठमाडाैं। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा २ जेठसम्म स्थगित गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले २ जेठ सम्म उडान बन्द राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।
समितिकाे बैठकमा लकडाउनकाे बारे पनि समीक्षा भएकाे थियाे। लकडाउनकै कारण काेराेना संक्रमण न्यूनिकरण भएकाे निश्कर्ष निकालिएकाे सचिव विडारीले बताए। लकडाउन थप्ने वा नथप्ने भन्ने विषयमा मन्त्रीपरिषदकाे बैठकले निर्णय गर्ने उनले बताए।
नियमित हवाइ उडान बन्द भए पनि आपतकालिन उद्दारका लागि भने नेपाल नागरिक उडड्यन प्राधिकरणबाट अनुमति लिएर उडान गर्न सकिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्