सकियाे एनआरएनएकाे मतदान, मतगणना केहीबेरमा शुरू हुँदै

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत मतदान सकिएको छ।

बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो।

केहीबेरपछि मतगणना शुरु हुने संघका महासचिव बद्रि केसीले जानकारी दिए।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो।

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी छन्।

नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता छन्।

यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको संघको समापन समारोह नहुने भएको छ।

मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्