बुटवल। लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ।
कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली हिजाेदेखि नै नेपाल सरकारले घर फर्काउन शुरू गरेको छ। उनीहरूलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए।
रुपन्देहीको भैरहवास्थित नीमा-प्रतीमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।
सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदुरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो। नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो।
उनीहरूलाई १८ चैतमा नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो। स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भने, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन।”
सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुईपटक नास्ता र बिहानसाँझ खानाको व्यवस्थासहित व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए। क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्यवस्था नियमितरूपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाकोे टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए।
यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ। हिजाे सांँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप ११२ नेपाली स्वदेश फर्केका छन्।
अन्य आउने क्रम जारी छ। उनीहरू २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए।
भारतबाट नेपाल फर्किनेहरूको बेलहियामा कोरोना संक्रमणको आरडीटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताए।
क्वारेन्टाइनमा रहेका सबैलाई एकैपटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरूलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।
नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपाल आउने अनुमति दिइएको छ। यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना छन्। ३० मार्चपछि क्वारेन्टाइनमा आएकाहरूलाई अहिले अनुमति नदिएको बताइएको छ ।
३५ भित्रिए, ३६ लाई पठाइयो भारत
कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ। १४ दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडीटी गरी नेपाल भित्र्याइएको छ।
भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो। दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ।
भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पुर्याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए। नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र कपिलवस्तुका हुन्।
नेपाल प्रवेश गरेका सबै नागरिकको आरडीटी नेगेटिभ देखिएपछि उनीहरूलाई घर पठाउन लागिएको हो। रासस
" /> बुटवल। लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ।कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली हिजाेदेखि नै नेपाल सरकारले घर फर्काउन शुरू गरेको छ। उनीहरूलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए।

">