काेराेनालाई जितेर चितवनका युवा अस्पतालबाट डिस्चार्ज

चितवन। काेराेना भाइरसकाे संक्रमणाबाट मुक्त भएका चितवनका युवालाई आज डिस्चार्ज गरिएकाे छ।

२७ वर्षीय ती युवाकाे दुईपटकको पीसीआर परीक्षणमा कोभिड-१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएकाे भरतपुर अस्पतालले जनाएकाे छ।

सँगै उपचाररत उनकी ६५ वर्षीया आमाको दोस्रो पीसीआर परीक्षण रिपाेर्ट भने पोजिटिभ नै देखिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार ती युवालाई केही दिन क्‍वारेन्टाइनमा बस्‍न भनिएकाे छ।

कोभिड-१९ को संक्रमणमा परेका उनीहरू राप्ती नगरपालिका-८ का बासिन्दा हुन्। उनीहरू बेलायतबाट ५ चैतमा नेपाल फर्किएका थिए।

अहिलेसम्म नेपालमा ४९ जना संक्रमित देखिएकाेमा १२ जना निकाे भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्