कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीलाई घर पठाइने

काठमाडौं। लकडाउनका कारण कीर्तिपुर क्षेत्रमा समस्यामा परेका विद्यार्थीहरूलाई घर पठाइने भएको छ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको अध्यक्षतामा आज बसेको विद्यार्थी संगठनसँगको बैठकले घर पठाउने निर्णय गरेको उपप्रमख सरस्वती खड्काले जानकारी दिइन्।

त्रिभुवन विश्वविद्यालयमा अध्यननरत डेरागरी बस्ने विद्यार्थीहरू लकडाउनका कारण खान-बस्न समस्या परेपछि १५ वैशाखसम्म विवरण तयार पार्ने र त्यसपछि घर पठाउने निर्णय गरिएको उपमेयर खड्काले बताइन्।

नगरपालिका र विद्यार्थी संगठनको पहलमा सम्बन्धित् जिल्लाको पालिकासँग समन्वय गरेर घर पठाइने उनको भनाइ छ।

त्यसका लागि अहिले विवरण संकलनको काम भइरहेको छ। घर पठाउँदा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र पठाइने उपमेयर खड्काले बताइन्।

लकडाउनबारे सरकारले भोलि गर्ने निर्णयपछि नगरपालिकाले थप गृहकार्य गर्ने उनको भनाइ छ। लकडाउन खोलियो भने पनि शैक्षिक संस्था लामो समयपछि खुल्ने भएकाले विद्यार्थीहरूलाई घर पठाउन सहयोग गर्न लागिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्