काठमाडौं। गत वर्ष यो समयमा नयाँ विद्यार्थी अभियान चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लामा गएर बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गराइरहेका थिए। धेरै जसो विद्यालयले त अध्ययन अध्यापन गराउन थालिसकेका थिए।

निजी तथा सामुदायिक विद्यालयमा पनि शैक्षिक कार्यक्रम शुरू भइसकेकाे थियो। तर, यसपालि भने शैक्षिक सत्र शुरू हुनु त कता हो, अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक हुन सकेको छैन।

माध्यमिक परीक्षा तथा प्लस २ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले सरोकारवाला निकायसँग छलफल गरेको छ। ती निकायले लकडाउन पूर्णरूपमा नसकिँदासम्म परीक्षा नगर्न सुझाव दिएका छन्।

लकडाउनका कारण गत ५ चैतभित्रै सकिएको ९ कक्षासम्मको परीक्षाफल समेत सार्वजनिक गर्न सकिएको छैन। यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने विषयमा समेत सरोकारवाला निकायबीच छलफल चलेको छ।

लकडाउन अझै कति लम्बिने हो भन्ने टुंगो लाग्न नसकेपछि यो शैक्षिक सत्रको शैक्षिक क्यालेण्डरसमेत प्रभावित बन्ने देखिएको छ। शिक्षा मन्त्रालयले त्यसका लागि प्राविधिकहरूको समिति नै गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई, कक्षा ११ र १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्र कसरी शुरू गर्ने भन्ने विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ। उक्त समितिले शिक्षा क्षेत्रका विज्ञ, जनस्वास्थ्यविद्लगायतसँग छलफल तथा सुझाव लिने काम गरिरहेको प्रवक्ता शर्माले देखापढीलाई बताए।

“सबैभन्दा पहिला लकडाउन कहिलेसम्म जान्छ भन्ने त स्वास्थ्य क्षेत्रका विज्ञहरूले भन्ने कुरा हो। त्यसको फाइनल नभईकन परीक्षा तथा नयाँ शैक्षिक सत्रका विषय केही निर्णय सक्ने अवस्था छैन”, शर्माले भने।

जेठसम्म पनि लकडाउन खुल्यो भने शैक्षिक सत्र परिवर्तन गर्नु नपर्ने उनको भनाइ छ। मन्त्रालयले अन्य देश यतिबेला कसरी अगाडि बढिरहेका छन्, त्यसबारे पनि अध्ययन भइरहेको भन्दै १५ वैशाखपछि लकडाउनबारे लिइने निणर्यका आधारमा निर्णय गर्ने तयारी गरिरहेको उनको भनाइ छ।

“लकडाउन खुले पनि तत्काल सबै वातावरण सहज नहुन सक्छ। त्यस्तो अवस्थामा कसरी अगडि बढ्ने ? लामो समयसम्म पनि नखुलेको खण्डमा कसरी अगाडि बढ्नेलगायतका विभिन्न विकल्पमा छलफल भइरहेको छ। केही दिनमा कुनै एक निर्णयमा पुग्छौ”, उनले भने।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव कुमार घिमिरेले अनलाइन कक्षा, विभिन्न सञ्चारमाध्यमको सहायताले अभिभावकलाई नै सहजीकरण गर्न लगाएर शैक्षिक सत्र शुरू गर्न सकिने बताए। शिक्षा मन्त्रालयबाट आउने निर्देशन सबैले पालना गर्नुपर्ने भन्दै मन्त्रालयको निर्णयमा आफूहरू रहेको उनले बताए।

" /> काठमाडौं। गत वर्ष यो समयमा नयाँ विद्यार्थी अभियान चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लामा गएर बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गराइरहेका थिए। धेरै जसो विद्यालयले त अध्ययन अध्यापन गराउन थालिसकेका थिए।

निजी तथा सामुदायिक विद्यालयमा पनि शैक्षिक कार्यक्रम शुरू भइसकेकाे थियो। तर, यसपालि भने शैक्षिक सत्र शुरू हुनु त कता हो, अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक हुन सकेको छैन।

माध्यमिक परीक्षा तथा प्लस २ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले सरोकारवाला निकायसँग छलफल गरेको छ। ती निकायले लकडाउन पूर्णरूपमा नसकिँदासम्म परीक्षा नगर्न सुझाव दिएका छन्।

लकडाउनका कारण गत ५ चैतभित्रै सकिएको ९ कक्षासम्मको परीक्षाफल समेत सार्वजनिक गर्न सकिएको छैन। यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने विषयमा समेत सरोकारवाला निकायबीच छलफल चलेको छ।

लकडाउन अझै कति लम्बिने हो भन्ने टुंगो लाग्न नसकेपछि यो शैक्षिक सत्रको शैक्षिक क्यालेण्डरसमेत प्रभावित बन्ने देखिएको छ। शिक्षा मन्त्रालयले त्यसका लागि प्राविधिकहरूको समिति नै गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई, कक्षा ११ र १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्र कसरी शुरू गर्ने भन्ने विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ। उक्त समितिले शिक्षा क्षेत्रका विज्ञ, जनस्वास्थ्यविद्लगायतसँग छलफल तथा सुझाव लिने काम गरिरहेको प्रवक्ता शर्माले देखापढीलाई बताए।

“सबैभन्दा पहिला लकडाउन कहिलेसम्म जान्छ भन्ने त स्वास्थ्य क्षेत्रका विज्ञहरूले भन्ने कुरा हो। त्यसको फाइनल नभईकन परीक्षा तथा नयाँ शैक्षिक सत्रका विषय केही निर्णय सक्ने अवस्था छैन”, शर्माले भने।

जेठसम्म पनि लकडाउन खुल्यो भने शैक्षिक सत्र परिवर्तन गर्नु नपर्ने उनको भनाइ छ। मन्त्रालयले अन्य देश यतिबेला कसरी अगाडि बढिरहेका छन्, त्यसबारे पनि अध्ययन भइरहेको भन्दै १५ वैशाखपछि लकडाउनबारे लिइने निणर्यका आधारमा निर्णय गर्ने तयारी गरिरहेको उनको भनाइ छ।

“लकडाउन खुले पनि तत्काल सबै वातावरण सहज नहुन सक्छ। त्यस्तो अवस्थामा कसरी अगडि बढ्ने ? लामो समयसम्म पनि नखुलेको खण्डमा कसरी अगाडि बढ्नेलगायतका विभिन्न विकल्पमा छलफल भइरहेको छ। केही दिनमा कुनै एक निर्णयमा पुग्छौ”, उनले भने।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव कुमार घिमिरेले अनलाइन कक्षा, विभिन्न सञ्चारमाध्यमको सहायताले अभिभावकलाई नै सहजीकरण गर्न लगाएर शैक्षिक सत्र शुरू गर्न सकिने बताए। शिक्षा मन्त्रालयबाट आउने निर्देशन सबैले पालना गर्नुपर्ने भन्दै मन्त्रालयको निर्णयमा आफूहरू रहेको उनले बताए।

"> लकडाउनका कारण अलमलमा नयाँ शैक्षिक सत्र: Dekhapadhi
लकडाउनका कारण अलमलमा नयाँ शैक्षिक सत्र
काठमाडौं। गत वर्ष यो समयमा नयाँ विद्यार्थी अभियान चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लामा गएर बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गराइरहेका थिए। धेरै जसो विद्यालयले त अध्ययन अध्यापन गराउन थालिसकेका थिए।

निजी तथा सामुदायिक विद्यालयमा पनि शैक्षिक कार्यक्रम शुरू भइसकेकाे थियो। तर, यसपालि भने शैक्षिक सत्र शुरू हुनु त कता हो, अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक हुन सकेको छैन।

माध्यमिक परीक्षा तथा प्लस २ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले सरोकारवाला निकायसँग छलफल गरेको छ। ती निकायले लकडाउन पूर्णरूपमा नसकिँदासम्म परीक्षा नगर्न सुझाव दिएका छन्।

लकडाउनका कारण गत ५ चैतभित्रै सकिएको ९ कक्षासम्मको परीक्षाफल समेत सार्वजनिक गर्न सकिएको छैन। यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने विषयमा समेत सरोकारवाला निकायबीच छलफल चलेको छ।

लकडाउन अझै कति लम्बिने हो भन्ने टुंगो लाग्न नसकेपछि यो शैक्षिक सत्रको शैक्षिक क्यालेण्डरसमेत प्रभावित बन्ने देखिएको छ। शिक्षा मन्त्रालयले त्यसका लागि प्राविधिकहरूको समिति नै गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई, कक्षा ११ र १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्र कसरी शुरू गर्ने भन्ने विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ। उक्त समितिले शिक्षा क्षेत्रका विज्ञ, जनस्वास्थ्यविद्लगायतसँग छलफल तथा सुझाव लिने काम गरिरहेको प्रवक्ता शर्माले देखापढीलाई बताए।

“सबैभन्दा पहिला लकडाउन कहिलेसम्म जान्छ भन्ने त स्वास्थ्य क्षेत्रका विज्ञहरूले भन्ने कुरा हो। त्यसको फाइनल नभईकन परीक्षा तथा नयाँ शैक्षिक सत्रका विषय केही निर्णय सक्ने अवस्था छैन”, शर्माले भने।

जेठसम्म पनि लकडाउन खुल्यो भने शैक्षिक सत्र परिवर्तन गर्नु नपर्ने उनको भनाइ छ। मन्त्रालयले अन्य देश यतिबेला कसरी अगाडि बढिरहेका छन्, त्यसबारे पनि अध्ययन भइरहेको भन्दै १५ वैशाखपछि लकडाउनबारे लिइने निणर्यका आधारमा निर्णय गर्ने तयारी गरिरहेको उनको भनाइ छ।

“लकडाउन खुले पनि तत्काल सबै वातावरण सहज नहुन सक्छ। त्यस्तो अवस्थामा कसरी अगडि बढ्ने ? लामो समयसम्म पनि नखुलेको खण्डमा कसरी अगाडि बढ्नेलगायतका विभिन्न विकल्पमा छलफल भइरहेको छ। केही दिनमा कुनै एक निर्णयमा पुग्छौ”, उनले भने।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव कुमार घिमिरेले अनलाइन कक्षा, विभिन्न सञ्चारमाध्यमको सहायताले अभिभावकलाई नै सहजीकरण गर्न लगाएर शैक्षिक सत्र शुरू गर्न सकिने बताए। शिक्षा मन्त्रालयबाट आउने निर्देशन सबैले पालना गर्नुपर्ने भन्दै मन्त्रालयको निर्णयमा आफूहरू रहेको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्