प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोभिड-१९ परीक्षण
विराटनगर। सबैभन्दा बढी संक्रमित भेटिएको प्रदेश १ मा पाँच हजार २१२ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कका अनुसार यहाँ हिजो, १३ वैशाखसम्म आरडीटी विधिबाट चार हजार २९८ जना र पीसीआरबाट ९१४ जनाको परीक्षण भएको छ।
यस प्रदेशमा कोभिड–१९ का ३० जना बिरामी फेला परेका छन्। तीमध्ये उदयपुरमा २८ एवं झापा र भोजपुरमा एक/एकजना छन्।
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उनीहरूको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्