कोभिड-१९ का बिरामीसँग सम्पर्कमा आएका व्यक्तिको 'ट्रेसिङ' गर्न प्रदेश ५ मा मोबाइल एप संचालन
काठमाडौं। प्रदेश ५ सरकारले कोभिड-१९ 'नेपाल ट्रेस' एप संचालनमा ल्याएको छ।
यस एपको सहायताले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण तत्काल प्राप्त गरी परीक्षण गर्न र क्वारेन्टाइनमा राख्न सहयोग पुग्ने मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
कोभिड-१९ नियन्त्रणका लागि सिंगापुर र दक्षित कोरियाले यो प्रविधि प्रयोग गरेर उपलब्धि गरेको बताइएको छ।
अफलाइन र अनलाइन दुवै मोडमा चलाउन सकिने र अफलाइन मोडमा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत: अपडेट हुने सूचना तथा संचार प्रविधि प्रतिष्ठान बुटवलले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्