संक्रमित क्षेत्र पुगेर मुख्यमन्त्री राईले भने– 'हामी साथमा छौं, नआत्तिनुहोस्'

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ नियन्त्रण गर्न प्रदेश सरकारले सबै ध्यान र शक्ति लगाएको भन्दै रोकथाम र उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।

संक्रमित भेटिएका उदयपुर र भोजपुरको हतुवागढी गाउँपालिका हिजो, १३ वैशाखमा पुगेका राईले स्थानीयवासीहरूदाई त्रसित नभई बस्न आग्रह गरे।

“तपाईंहरू नआत्तिनुहोस्, परीक्षणको दायरा बढाउँछौं। बिरामीको उपचारमा केही कमी हुन दिन्नौं”, उनले भने।

उदयपुरको त्रियुगा नगरपालिका-३ मा २८ जना र हतुवागढी गाउँपालिकामा एकजना कोभिड-१८ का बिरामी फेला परेका छन्।

मुख्यमन्त्री राईको साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे पनि पुगेका थिए।

उदयपुरको भुल्के क्षेत्रमा स्थलगत अवलोकन गर्दै राईले स्थानीयस्तरमै उपचार गर्ने गरी उदयपुरमै कोरोना विशेष अस्पताल बनाउन लागिएको जानकारी दिए।

उनले कोभिड-१९ विरुद्धको लडाईंमा साथ दिन स्थानीयवासीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्