लकडाउनको एक महीनामा वीरेन्द्रनगर नगरपालिकाले करीब दुई करोडको राहत बाँड्यो
सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले लकडाउन शुरू भएयता एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको सार्वजनिक गरेको छ।

कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले १२ वैशाखसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो।

ढकालले ज्यालादारी मजदूर, अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री वितरण गरेको बताए।

नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारको ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ जम्मा भएको जनाएको छ।

कार्यपालिका बैठकले लकडाउन शुरू हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माण कार्यलाई भौतिक दूरी कायम गरी रोगको स्थानीय प्रशासनसँग समन्वय गरेर निरन्तरता दिने निर्णय गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्