उनलाई अपांगता भएको व्यक्तिका लागि स्वास्थ्य अवस्था वुझ्ने व्यवस्था भए हुन्थ्यो भन्ने लागेको छ।
“यस्तो अवस्थामा झनै कमजोर सोचाई आउने रहेछ” उनी भन्छन्।
दिवसको जस्तै चिन्ता छ शम्भु चौधरी र उनकी श्रीमतीको पनि। ललितपुरको धोवीघाटमा भेटिएका यी दम्पत्ति दुवै दृष्टिविहीन हुन्। उनीहरुका तीन छोरी पनि छन्।
धुप बनाएर बेच्ने गरेर दैनिकी चलाइरहेका उनीहरुको व्यवसाय डेढ महीनादेखि ठप्प छ।
उनीहरु एकातर्फ संक्रमणको जोखिममा छन् भने अर्कोतर्फ आर्थिक अभावको मारमा।
“हामी त लकडाउनभन्दा पहिलेदेखि बाहिर निस्केका छैनांै। कोरोना महामारी सुनेपछि कहाँ कसलाई भेटिन्छ ? हामी त देख्दा पनि देख्दैनांै। त्यसैले लकडाउनको १० दिन अघि देखि नै बाहिर निस्केका छैनौं”, शम्भुले भने।
दृष्टिविहीन सिता पासवान र उनका श्रीमानलाई पनि के खाने र कसरी बस्ने भन्ने चिन्ताले सताउन थालेको छ।
आफूले गर्दै आएको काम महीना दिनदेखि ठप्प हुँदा अब कसरी खाने भन्ने चिन्ताले उनीहरुलाई सताएको हो।
“आफु त बरु जे हुन्थ्यो हुन्थ्यो। एउटा छोरा छ यसलाई नै खान दिन सकिँदैन कि भन्ने चिन्ता लागेको छ”, सिताले भनिन्।
एउटी छोरीसँगै बसिरहेकी दृष्टिविहीन नानीमाया मगरलाई पनि त्यस्तै चिन्ताले सताउन थालेको छ। उनको विवाह सबलांगसँगै भएको थियो।
तर, छोरी जन्मेपछि पतिले छोडिदिए। अहिले उनी धुप बनाउने र बेच्ने काम गरेरै छोरी र आफ्नो जीवन धानिरहेकी छन्। लकडाउनका कारण काम रोकिएपछि के गर्ने भन्ने निधो पाउन सकेकी छैनन् उनले।
राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा यो त्रासको समयम अपांगतायुक्त व्यक्तिलाई सरकारले आवश्यक ध्यान नदिएको गुनासो गर्छन्।
भन्छन्, “अहिले कतिपय अपांगता भएका व्यक्तिले खानपर्ने औषधि समेत अभाव छ। अहिलेको अवस्थामा यो क्षेत्रको वर्गलाई लक्षित गरी कुनै प्रकारको राहतको घोषणा समेत भएको छैन। यदि कसैलाई समस्या भईहाल्यो भने पनि अपांगतामैत्री क्वारेन्टाइन छैन।”
अहिले कति अपांगतायुक्त व्यक्ति छन् भन्ने पूर्ण तथ्यांक पनि नभएको उनको गुनासो छ।
“विश्व स्वास्थ्य संगठनले नेपालमा १० देखि १५ प्रतिशतसम्म अपांगता भएका व्यक्ति छन् भनेको छ। यो भनेको ३० देखि ४० लाख हो। तर, सरकारसँग कुनै आधिकारिक तथ्यांक छैन”, शर्मा भन्छन्।

कोरोना सन्त्रासमा सहयोगको हात खोजिरहेछन् अपांगतायुक्त व्यक्ति (भिडिओसहित): Dekhapadhi
कोरोना सन्त्रासमा सहयोगको हात खोजिरहेछन् अपांगतायुक्त व्यक्ति (भिडिओसहित)

काठमाडौं। १० वैशाख राति। दिवस परियारलाई एक्कासी ज्वरो आयो। अरुबेला भए ह्विलचियर गुडाउँदै निस्कन्थे। बाटोमा कोही न कोही सहयोग गर्न आइपुग्थ्यो। तर, कोरोना भाइरसको सन्त्रास चलेको यो समयमा उनलाई साथ पाउनै गाह्रो पर्‍यो।

“एक्कासी ज्वरो आयो। आफन्त कोहि छैनन्। मनमा त्रास बढ्यो। ह्विलचियर लिएर जान पनि गाह्रो भयो। अहिले जसले पायो त्यसले सहयोग गर्न पनि चाहदैन। परिस्थिति जटिल छ”, उनले अत्यास सुनाए।

सानैमा समस्या देखिएपछि उनका गोडा काटिएका छन्। त्यसयता उनको सहारा ह्विलचियर भएको छ। तीन वर्षदेखि काठमाडौं बस्छन् दिवस। बास्केटबल खेल्छन्। पढ्छन्।

आफूजस्तो अपांगतायुक्त व्यक्तिको रोगसँग लड्ने क्षमता कम हुने भएकाले बिरामी भइरहने र औषधी खाइरहनुपर्ने उनी बताउँछन्। त्यसैले पनि अहिले आफूहरुलाई जोखिम थपिएको बताउँछन् उनी।

भन्छन्, “यसै बिरामी, झनै अहिले कोरोनाको त्रास छ। हामीलाई छिटै लाने हो कि भन्ने चिन्ता हुन्छ। आधा शरीर त घाईते छ। हाम्रो रोगसँग लड्न प्रतिरोधात्मक क्षमता कमी हुन्छ जसले गर्दा अझै डर लाग्छ।”

त्यसैले कोरोनाको सन्त्रास फैलिएको यो समयमा अपांगतायुक्त व्यक्तिको हेरचाह अझ बढी गरिनुपर्ने उनी बताउँछन्।