विदेशमा रहेका नेपालीको समस्या सुनुवाइ गर्न कोभिड-१९ हेल्पलाइन
<p>काठमाडौं। प्रवासमा रहेका नेपालीहरूले कोभिड-१९ बाट सामना गरिरहेका समस्याहरूको सुनुवाइका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हेल्पलाइन संचालनमा ल्याएको छ।</p>
<p>काठमाण्डौंस्थित सचिवालयबाट २४ सै घण्टा सेवा दिने गरी हेल्पलाइन शुरू गरिएको संघले जनाएको छ।</p>
<p>संघका अनुसार विश्‍वव्यापी महामारीका कारण अलपत्र परेका नेपालीहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, नेपाली विद्यार्थीहरु लगायतले सो हेल्पलाइनमा फोन गरेर समस्या टिपाउन सक्नेछन्।</p>
<p>भाईवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने भन्दै संघले सम्बन्धित निकायसँगको समन्वयमा समस्या समाधान गर्न पहल गरिने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्