दोलालघाटको क्रसर र रोसी गाउँपालिकाको खानीमा लोड गरेर राखिएको चिप्स, गिट्टी लगायतका निमार्ण सामग्री काठमाडौं ल्याउन नसक्दा ९ वैशाखदेखि काम रोकिएको शर्माले बताए।
काठमाडौंका अधिकांश सडकको मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको थियो। पछिल्लो चरणमा चावहिल–गौशाला सडकको स्तरोन्नति गर्ने तयारी रहे पनि निर्माण सामग्रीको अभावमा काम रोकिएको उनको भनाई छ। भने, “अन्यत्रका सडक मर्मत सकेर चावहिल-गौशाला सडक बनाउन खोजका थियौं। तर, अहिले रोकिएको छ।”
प्रमुख जिल्ला अधिकारी तथा स्थानीय पालिका प्रमुखसँगको सहजीकरणमा सामान ल्याउने प्रयास भइरहेको उनको भनाई छ।
“प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई सहजीकरणका लागि भनेका छौं। गाउँपालिकाले सहजीकरणको लागि वडालाई चिठी पनि काटेको छ। केही दिनमा सहज हुन्छ होला”, उनले भने।
काठमाडौं बाहिर तीब्र गतिमा काम
सडक विभागले २४ हजार ३०० वर्ग किलोमिटर सडकको करिब ९ हजार ५०० खाल्डाखुल्डी पुरिएको जनाएका छ। त्यसैगरी काठमाडौं उपत्यकामा ३७ किमी सडक कालोपत्रे गरिएको छ।
उपत्यका बाहिर १५० भन्दा बढी सडक आयोजना निर्माण तथा मर्मत सम्भारको काम चलिरहेको छ। विभिन्न राजमार्ग, लोकपथ तथा सडक कालोपत्रे, मर्मत सम्भार लगायतको काम भइरहेको महानिर्देशक शर्माले बताए।
स्थानीयस्तरमै मजदुर पाइने ठाउँमा काम भइरहेको छ। अन्य क्षेत्रमा पनि कामदारको व्यवस्था गरेर काम गर्न सडक डिभिजन कार्यालयहरुलाई सडक विभागले निर्देशन दिएको छ।
बन्दाबन्दीको समयमा पनि नीतिगत छलफल, जरूरी काम र विकास निर्माणका कार्य ठप्प गर्ने हो भने जनमानसमा कोरोनाको त्रासदी झन् बढ्न सक्ने भएकाले सुरक्षाका आवश्यक उपायहरु अपनाउँदै भौतिक दूरी कायम गरेर काम अगाडि बढाइएको उनको भनाई छ।
अहिले जुम्लाको नाग्म–गमगढी सडक, पृथ्वी राजमार्गका विभिन्न सकड खण्ड, महेन्द्र राजमार्गको चुरे-हेटौंडा खण्डको आवधिक मर्मत कार्य, पृथ्वी राजमार्गको फिस्लिङ–जोगीमारा खण्डमा पटके मर्मत कार्य, कोशी राजमार्गको विराटनगर–इटहरी खण्डमा मर्मत तथा अन्य सडक निर्माणको कामसमेत भइरहेको विभागले जनाएको छ।
त्यस्तै कर्णाली राजमार्गको कालीकोट खण्ड, काठमाडौं र ललितपुरमा नियमित मर्मत सम्भार, गल्छि–त्रिशुली सडक निर्माण, मध्यपहाडी राजमार्गअन्तर्गत् बागलुङमा मोड सुधार, काठमाडौं उपत्यका सडक सुधार आयोजना, धनगढी–अत्तरिया ६ लेन सडक विस्तार कार्य पनि तीब्र गतिमा भइरहेको उनको भनाई छ।
पुल निर्माणले पनि गति लिदैं
देशभरका विभिन्न क्षेत्रमा ५० भन्दा बढी पुल निर्माणको काम पनि भइरहेको उनले बताए। पुलहरु नदी तथा खोलामा बनाउनुपर्ने भएकाले वर्षायाम अगाडि नै सक्नेगरी काम भइरहेको शर्माले बताए।
“पुलको ढलान वर्षाअघि नै नसकिए भत्किन सक्छ। त्यसैले तीब्र गतिमा काम गरिरहेका छौं”, उनले भने ।
लकडाउनका बेला निर्माणको काम पाएपछि मजदुर पनि खुशी छन्।
विभागले मजदुरको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षण गर्नेदेखि लिएर मास्क अनिवार्य, सामाजिक दूरीको पूर्ण पालना गरेर काम भइरहेको जनाएको छ।
काम गर्न पनि लकडाउनले सजिलो पारेको छ। सवारी चाप अत्यधिक हुँदा मर्मत सम्भारको काममा समस्या पर्ने सडकमा अहिले निर्धक्क काम गर्न पाइन्छ।
" />दोलालघाटको क्रसर र रोसी गाउँपालिकाको खानीमा लोड गरेर राखिएको चिप्स, गिट्टी लगायतका निमार्ण सामग्री काठमाडौं ल्याउन नसक्दा ९ वैशाखदेखि काम रोकिएको शर्माले बताए।

">