कोरोना त्रास: यार्सा टिप्न रोक लगाउँदै स्थानीय तह

बझाङ। हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को त्रासका कारण जोखिमलाई ध्यान दिँदै यस वर्ष स्थानीय तहहरूले यार्सागुम्बा टिप्‍न प्रतिबन्ध लगाएका हुन् ।

साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गर्थे।

यस वर्ष भने मानिसको भीडभाडबाट कोरोना भाइरस संक्रमणको जोखिम भएकाले टिप्न जान रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए।

बझाङका धेरैको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो।

यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च टार्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताए।

अघिल्ला वर्षहरुमा अभिभावकसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुन्‍थ्यो।

तीन महिनासम्म जोखिम मोलेर टिपेको यार्सागुम्बा प्रतिकेजी नौदेखि दश लाखमा बिक्री हुने बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्