पर्सामा थप दुईजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं। आज कोभिड-१९ का दुई जना बिरामी थपिएका छन्।

यो सँगै नेपालमा संक्रमितको संख्या ५१ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरू पर्सा वीरगंजका ५० वर्षीय पुरुषहरू हुन्।

उनीहरू अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणको क्रममा ती दुईजनाको नतिजा पोजिटिभ पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संक्रमितमध्ये हालसम्म १२ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्