काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटलाई मनमौजी किसिमले टिप्पणी गरिएको बताएका छन्।
केहीबेरअघि आफ्नो फेसबुक पेजमार्फत् प्रेस नोट सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, 'पार्टीभित्र, पार्टी र सरकारका बीच अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए।'
अध्यादेश खारेज गरिएपश्चात पनि पार्टीभित्र समस्या उत्पन्न भएकोले यसलाई समाधान गर्न पार्टी र पार्टी कमिटीलाई बाइपास नगरी प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर सबै किसिमका विचारहरूको सामना गरेर गर्न सकिने गौतमले लेखेका छन्।
'सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटी बैठक बोलाउनुहोस्। सबै कमरेडहरूको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नुहोस भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु। उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो। थोरै बोल्नुभयो म बिदा भएर आएँ। भएको यत्ति हो', गौतमको भनाइ छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटलाई मनमौजी किसिमले टिप्पणी गरिएको बताएका छन्।केहीबेरअघि आफ्नो फेसबुक पेजमार्फत् प्रेस नोट सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, 'पार्टीभित्र, पार्टी र सरकारका बीच अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए।'

">