मन्त्रिपरिषद् बैठक बेलुकी पाँच बजे बस्ने
काठमाडौं। आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक बेलुकी पाँच बजे बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक मुख्यतः भोलि, १५ वैशाखमा सकिन लागेको लकडाउनका विषयमा केन्द्रित रहने जनाइएको छ।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाएर भोलिसम्म लम्ब्याएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकको समय परिवर्तन भएको र बेलुकी पाँच बजे बस्ने तय भएको बताए।

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको हिजो १३ वैशाखमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारी भएको निश्कर्ष निकालेको थियो।

मन्त्रिपरिषद् बैठकमा कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारमा अहिलेसम्म भइरहेको काम र आगामी तयारीका विषयमा पनि छलफल हुनेछ।

मन्त्रिपरिषद्को १२ वैशाखको  बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम हिजो बसेको समितिको बैठकले कार्यदल बनाएको थियो।

उक्त कार्यदलले समितिलाई लकडाउन थप एकसाता निरन्तरता दिन सुझाव दिएको छ।

कार्यदलको सुझावसहितका अन्य विकल्पका बारेमा मन्त्रिपरिषद्को बैठकले छलफल गरी निर्णय गर्नेछ।

कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रलाई पूर्ण लकडाउन गरेर अन्यत्र केही खुकुलो बनाउनुपर्ने विषयमा पनि समितिका सदस्यहरूको सुझाव छ।

हिजो नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशमा लकडाउनलाई केही खुकुलो पार्ने विषयमा समितिका संयोजकलाई सुझाव दिइसकेका छन्।

अहिले कोरोना संक्रमणको बढी जोखिम देखिएको प्रदेश १, २ र सुदूरपश्चिम क्षेत्रभन्दा अन्यत्र लकडाउन केही खुकुलो बनाउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

विभिन्न क्षेत्रबाट आएका सल्लाह, सुझाव र जोखिमको अवस्थालाई मुल्यांकन गरेर लकडाउनको अवधि र स्वरुपबारे बैठकले निर्णय गर्ने एक मन्त्रीले देखापढीलाई बताए।

कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै ११ चैतदेखि नेपालभर लकडाउन लागू गरिएको छ। हालसम्म संक्रमितको संख्या ५१ पुगेको छ। निको भएर १२ जना घर फर्किसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्