काठमाडौं। गत फागनुमा सर्लाही नवलपुरकी सरस्वती घिमिरेले छोरा जन्माइन्। बच्चालाई जन्मनेबित्तिकै लगाउनुपर्ने बीसीजी खोप सर्लाही अस्पतालमा लगाइएन। चिकित्सकले नजिकैको स्वास्थ्य संस्थामा गएर ४५ दिनभित्र बच्चालाई खोप लगाइदिन भनेर पठाए। तर, कोभिड-१९ संक्रमणको जोखिमका कारण सर्लाहीका स्वास्थ्य संस्थामा सञ्चालित खोप सेवा प्रभावित बनेपछि उनले बच्चालाई खोप लगाइदिन पाइनन्।
अहिले सर्लाही मात्रै नभएर देशका अधिकांश क्षेत्रमा खोप सेवा प्रभावित बनेको छ। सरस्वतीले कतै किनेर भए पनि छोरालाई खोप लगाइदिन सकिन्छ की भनेर प्रयास नगरेकी होइनन्। तर, त्यो पनि भेटिएन। उनी भन्छिन्, “अरू गाउँमा लगाएको भए त्यतै गएर लगाइदिनुपर्ला भनेर आफन्तहरूसँग पनि सोधखोज गरें। कतै रहेनछ। एकदमै चिन्ता लागेको छ।”
खोप सेवा प्रभावित भएपछि सरस्वतीजस्तै अन्य आमाहरू पनि चिन्तित भएका छन्। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को संक्रमण नेपालमा पनि देखिन थालेपछि सर्लाही मात्रै नभएर देशभर खोप सेवा प्रभावित बनेको छ। बीचमा केही समय खोप सेवा रोकिएपछि पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप सेवालाई निरन्तरता दिने प्रयास भने शुरू गरेको छ।
यसैक्रममा मन्त्रालयले १० वैशाखमा ‘कोभिड-१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ जारी गरेको छ।
सोही निर्देशिकाका आधारमा सर्लाहीमा १६ वैशाखबाट नियमित खोप सेवा शुरू हुने जिल्ला स्वास्थ्य कार्यालयको सूचना शाखाका हेल्थ असिस्टेन्ट कूलप्रसाद तिमल्सिनाले जानकारी दिए। “रेबिजको खोप लगाइरहेका थियौँ, त्यो सकिएपछि खोपका लागि कुनै सामग्री आएनन्”, उनले भने, “अब १६ गतेबाट खोप सेवा निरन्तर सञ्चालन हुन्छ।” खोप सेवा सञ्चालनमा आएपछि सरस्वतीलगायत अन्य आमाहरू ढुक्क हुने उनको आशा छ।
सर्लाही जिल्ला स्वास्थ्य कार्यालयले खोप सेवा १६ वैशाखबाट सञ्चालन हुने भने बताए पनि सोही जिल्लाको स्वास्थ्य संस्थाहरू भने यसबारे बेखबर छन्। लालबन्दी नगरपालिका-१ मा रहेको नेत्रगन्ज स्वास्थ्य संस्थाकी अनमी माया थापाले खोप सेवा शुरू गर्न मन्त्रालयले दिएकोे निर्देशनबारे केही थाहा नभएको बताइन्। “हामीलाई कुनै निर्देशन र पत्र आएकोबारे जानकारी छैन”, उनले भनिन्, “निर्देशन नै आएको रहेछ भने पनि हामीसँग खोप शुरू गर्नका लागि चाहिने आधारभूत सामग्री पनि छैनन्।”
लालबन्दी नगरपालिकालाई आवश्यक सामग्रीको माग गरे तापनि अहिलेसम्म प्राप्त नभएको उनके गुनासो छ। उनी भन्छिन्, “हामीसँग एक सेट पञ्जा मात्रै छ, न मास्क छ, न चस्मा, न पीपीई। यस्तो अवस्थामा जोखिम मोलेर खोप लगाउन गाह्रो छ। नगरपालिकाले आवश्यक सामग्री दिएमा खोप लगाउन तयार छौँ।”
महामारीको चिन्ता
जनस्वास्थ्यविद् शरद वन्त खोप लगाउन थोरै ढिलो हुँदैमा त्यसको प्रभावकारितामा असर नपर्ने बताउँछन्। तर, जुन रोगबाट सुरक्षित हुन खोप दिइने हो, खोप नदिउन्जेलसम्म बच्चा उक्त रोगको जोखिममा भने रहन्छ। त्यसैले खोप समयमै दिन सक्दा उपयुक्त हुने उनको सुझाव छ।
“सशस्त्र द्वन्द्व, वर्षायामको बाढी, पहिरो, २०७२ सालको महाभूकम्पजस्ता समयमा पनि केही समय खोप सेवा प्रभावित भएको थियो”, उनले भने, “बच्चालाई एक महीना ढिलो खोप लगायो भने पनि त्यसको प्रभावकारिता उही हुन्छ। तर, एक महीनासम्म खोप नलगाउँदा त्यो समयमा बच्चा रोगको जोखिममा रहन्छ। त्यसैले हो खोप समयमा लगाउनुपर्ने।”
युनिसेफले ८ वैशाखमा जारी गरेको प्रेस विज्ञप्तिमा पनि नेपालमा खोप सेवा प्रभावित भएको उल्लेख गरेको छ। विज्ञप्तिमा उल्लेख छ, ‘हामीले खोप जस्तो आधारभूत सेवामा अवरोध आएको देखिसकेका छौं। जसका कारण पोलियो, दादुरा तथा हैजाजस्ता रोकथाम र उपचार गर्न सकिने र खोप उपलब्ध भएका रोगहरूको पनि प्रकोप उत्पन्न हुने सम्भावना देखिएको छ। पहिल्यै कमजोर रहेका विद्यमान जनस्वास्थ्य सेवा प्रणाली कोरोना भाइरसका कारण झनै प्रभावित भएमा कैयौं नवजात शिशु, बालबालिका तथा गर्भवती महिलाले अन्य स्वास्थ्य समस्याका कारण ज्यान गुमाउन सक्ने सम्भावना बढेको छ। त्यसैगरी कतिपय पोषणका कार्यक्रम पनि प्रभावित भएका छन्, कति बन्द भएका छन्। संसारभर स्वास्थ्य तथा खाद्य प्रणालीलाई जोगाउन तथा सुदृढीकरण गर्न तत्कालै काम शुरू गर्नुपर्ने अवस्था छ।’
स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका निर्देशक डा. झलक गौतम लकडाउनका कारण देशभर १६ हजार खोप केन्द्रहरू प्रभावित बनेको बताउँछन्। लामो समय नियमित खोप सेवा सञ्चालन नहुँदा दादुरालगायत खोपबाट बचाउन सकिने अन्य रोगहरूको समेत महामारी हुन सक्ने सम्भावना बढेकाले अत्यावश्क तथा आधारभूत स्वास्थ्य सेवा जारी गर्न पत्र पठाएको उनले जनाए। “सबै जिल्लाको अवस्था समान छैन, कतै शुरू भयो, कतै बाँकी छ”, उनले भने, “कर्मचारीले चाहेर मात्रै पनि भएन। खोप लगाउन विशेष सुरक्षा अपनाउनुपर्नेछ। सामान्य अवस्था हुँदो हो त खोप लगाउन नमान्ने स्वास्थ्यकर्मीलाई कारबाही नै गर्न सकिन्थ्यो। तर, विशेष परिस्थिति भएकाले स्वास्थ्य संस्था, जिल्ला समन्वय समिति र स्थानीय तहबीच सहकार्य जरूरी भएको छ।”
खोप सेवा शुरू
लकडाउन अघि नै केही स्वास्थ्यचौकीले खोप सेवा सञ्चालन गरिरहेका थिए। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ मा रहेको इर्खु स्वास्थ्यचौकी, डोटीको रानागाउँ स्वास्थ्यचौकी, ओखलढुंगाको फेदीगुठ स्वास्थ्यचौकी, सर्लाही, धुलिखेलका स्वास्थ्यचौकीहरूलगायत देशका विभिन्न क्षेत्रमा दादुरा, रुबेलाको खोप लगाइसकिएको थियो। त्यसपछिका अन्य खोप कार्यक्रमहरू भने प्रभावित भएका छन्।
प्रभावित खोप सेवालाई निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएसँगै खोप सेवा विस्तारै सञ्चालन हुन थालेको छ। काठमाडौं, भक्तपुरकालगायत अन्य केही जिल्लामा फेरि खोप सेवा शुरू गरिएको छ। सुडाल स्वास्थ्यचौकीमा पनि २५ वैशाखबाट खोप सेवा शुरू हुने स्वास्थ्यचौकीकी हेल्थ असिस्टेन्ट भवानी भट्टराईले बताइन्। “वैशाख १ देखि ५ गतेसम्म सञ्चालन गर्नुपर्ने खोप मन्त्रालयको आदेशका कारण रोकिएको थियो”, उनले भने, “खोप सेवा शुरू गर्न मन्त्रालयको निर्देशन आएको छ, त्यसैले २५ गतेबाट शुरू हुन्छ।”
१५ महीनामा ७ पटक खोप
नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र कोइका जस्ता सार्वजनिक स्वास्थ्यसँग सरोकार राख्ने निकायले बनाएको प्रोटोकलअनुसार १५ महीनामा सात खोप अनिवार्य लगाउनुपर्छ।
१. बीसीजी खोप
क्षयरोगविरुद्ध लगाइने यो खोप जन्मनेबित्तिकै एकपटक लगाए पुग्छ। यो खोपले श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट समेत बचाउने तथा शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउने बताइन्छ।
२. पोलियो र एफआईपीभी
पोलियोको खोप बच्चा जन्मिएको ६, १० र १४ हप्ता गरी तीन पटक लगाइन्छ। एफआईपीभी खोप बच्चा १४ हप्ताको भएपछि एकपटक दिइन्छ। यी दुवै खोपले पोलियो माइलाटिस हुनबाट जोगाउँछ।
३. पीसीभी
यो खोप बच्चा जन्मिएको ६, १० र १४ हप्ता तीन पटक लगाइन्छ। यसले निमोनियाबाट बचाउँछ।
४. डीपीटी र हेपबीहीब
यो खोप बच्चा जन्मिएको ६, १० र १४ हप्ता गरी जम्मा तीन पटक लगाइन्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनिया हुनबाट बचाउँछ।
५. दादुरा रूबेला
यो खोप जन्मिएको ९ महीनादेखि एक वर्षको उमेरमा लगाइन्छ। यसले दादुरा र रुबेला लाग्नबाट बचाउँछ।
६. टीडी
यो गर्भवती महिलालाई चार हप्ताको फरकमा लगाइन्छ। यसले धनुष्टंकार र भ्याकुते रोग लाग्नबाट बचाउँछ।
७. जापानिज इन्सेफ्लाइटिस
यो खोप १२ महिनादेखि २३ महीनाभित्रका बालबालिकालाई दिइन्छ। यसले जापानिज इन्सेफलाइटिस हुनबाट बचाउँछ।
" /> काठमाडौं। गत फागनुमा सर्लाही नवलपुरकी सरस्वती घिमिरेले छोरा जन्माइन्। बच्चालाई जन्मनेबित्तिकै लगाउनुपर्ने बीसीजी खोप सर्लाही अस्पतालमा लगाइएन। चिकित्सकले नजिकैको स्वास्थ्य संस्थामा गएर ४५ दिनभित्र बच्चालाई खोप लगाइदिन भनेर पठाए। तर, कोभिड-१९ संक्रमणको जोखिमका कारण सर्लाहीका स्वास्थ्य संस्थामा सञ्चालित खोप सेवा प्रभावित बनेपछि उनले बच्चालाई खोप लगाइदिन पाइनन्।अहिले सर्लाही मात्रै नभएर देशका अधिकांश क्षेत्रमा खोप सेवा प्रभावित बनेको छ। सरस्वतीले कतै किनेर भए पनि छोरालाई खोप लगाइदिन सकिन्छ की भनेर प्रयास नगरेकी होइनन्। तर, त्यो पनि भेटिएन। उनी भन्छिन्, “अरू गाउँमा लगाएको भए त्यतै गएर लगाइदिनुपर्ला भनेर आफन्तहरूसँग पनि सोधखोज गरें। कतै रहेनछ। एकदमै चिन्ता लागेको छ।”

">