नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालविरुद्ध अपहरणको जाहेरी <p>काठमाडौं।&nbsp;समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई जना सांसद् र एक पूर्वप्रहरी प्रमुखविरूद्ध आफूलाई अपहरण गरेको आरोपमा जाहेरी दिएका छन्। नेपाल कम्युनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरूद्ध अपहरण मुद्दामा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै जाहेरी दिएका हुन्।&nbsp;</p> <p>तीन जनाले आफूलाई धम्की दिएर जनकपुरबाट अपहरण शैलीमा उठाइ काठमाडौं ल्याएको भन्दै जाहेरी दिएको समाजवादी पार्टीका &nbsp;नेता आङकाजी शेर्पाले जानकारी दिए।&nbsp;नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतसँग प्रहरी परिसर पुगेर सांसद यादवले जाहेरी दिएको शेर्पाले जानकारी दिए।</p> <p>अपहरण तथा शरीर बन्धक मुद्दामा अहिलेलाई तीन जनाविरूद्ध जाहेरी दिइएको र पछि बयानमा तानिने व्यक्तिलाई पनि कारवाही गर्न माग गरिएको उनले बताए।&nbsp;लकडाउनको बेला सरकारी गाडीको दुरूपयोग गरी आफूलाई जनकपुरबाट उठाएर काठमाडौैं ल्याई होटलमा राखिएको यादवले जाहेरीमा उल्लेख गरेको शेर्पाले सञ्चारकर्मीहरूलाई बताए।&nbsp;</p> <p>डा. यादवको जाहेरी&nbsp;प्रहरीले दर्ता गरिसकेको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्