कोभिड-१९ उपचार काेषमा ग्यास उद्योगीकाे १५ लाख सहयोग
<p>काठमाडौं। केन्द्रीय सरकारले स्थापना गरेको काेभिड-१९ नियन्त्रण, राेकथाम तथा उपचार काेषमा एलपी ग्यास उद्योग संघले १५ लाख रूपैयाँ सहयोग गरेको छ।</p>
<p>संघका अध्यक्ष गोकुल भण्डारीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त रकम उपलब्ध गराएका हुन्।</p>
<p>मन्त्री भट्टलाई चेक हस्तानान्तरण गर्दै अध्यक्ष भण्डारीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई रकम सहयोग गरेको बताए।</p>
<p>मन्त्री भट्टले संकटको समयमा ग्यासको अभाव हुन नदिएकोमा व्यवसायी र उद्योग संघलाई धन्यवाद व्यक्त गरे। उनले भने, “संकटको समयमा व्यवसायीहरूले सरकारलाई दिएको सहयोगको मूल्यांकन गरिनेछ।”</p>
प्रतिक्रिया दिनुहोस्